२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

मेलम्चीको पानी सुन्दरीजलमा झर्दा प्रधानमन्त्रीले भने, ‘लड्डु यस्तो बेला खाने हो’

843 Shares
Spread the love

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जतिबेर पायो त्यतिबेर लड्डु खान नहुने भन्दै नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्फत मेलम्ची खोलाको पानी सुन्दरीजलमा झारिएको अवसरमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधवप्रति कटाक्ष गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘यो खुशीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । लड्डु यस्तो बेलामा खानुपर्छ । खुशी यस्तो बेलामा हुनुपर्छ ।’

सर्वोच्च अदालतले गत ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि नेकपाका प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाउँदै खुशीयाली मनाएका थिए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रतिक्रिया