२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

नेकपाको संसदीय दल विभाजित

834 Shares
Spread the love

काठमाडौं। सत्तारुढ दल नेकपाको संसदीय दल विभाजित भएको छ। प्रचण्ड–माधव समूहले बोलाएको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन र प्रधानमन्त्री केपी ओली, उपनेता सुवास नेम्वाङ र सचेत शान्ता चौधरीमाथिको कारबाहीलाई अनुमोदन गरेसँगै नेकपाको संसदीय दल औपचारिक रुपमा विभाजित भएको छ।

ज्येष्ठ सांसद झलनाथ खनाललको अध्यक्षतामा बसेको बैठकमा प्रचण्डलाई दलको नेतामा माधवकुमार नेपालले प्रस्ताव गरेका थिए।  उनी यसअघि नै दलकाे नेतामा चयन भए पनि सर्वाेच्च अदालतकाे  आदेशका कारण फेरि प्रक्रिया पूरा गर्न प्रचण्डलाई दलको नेता चयन गरिएको हो।  शुक्रबारको बैठकमा १०५ जना सांसदले उपस्थिति जनाएको एक सांसदले जनाए।

प्रतिक्रिया