२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पोल्याण्डमा नेपाली व्यवसायीको हत्यामा संग्लन दुई भारतीय नागरिकलाई जेल सजाय

8131 Shares
Spread the love

पोल्याण्ड । पोल्याण्डमा नेपाली व्यवसायीको हत्यामा संग्लन दुई भारतीय नागरिकलाई जेल सजायको फैसला सुनाइएको छ । नेपाली व्यवसायी इश्वर श्रेष्ठको हत्या गरेको आरोपमा पक्राउ परेका उनीहलाई दोषी ठहर गर्दै पोलिश अदालतले जेल सजायको फैसला सुनाएको हो।

पोल्यान्डको राजधानी वार्सामा सन् २०१८ को २६ डिसेम्बर राती श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

हत्या गरेको आरोप स्वीकार गरेपछि पोलिश अदालतले १० वर्ष र ८ वर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ती भारतीय नागरिक श्रेष्ठले नै सञ्चालन गरेको एभरेस्ट रेस्टुरेन्टमा काम गर्थे।

प्रहरीसमक्ष उनीहरुले श्रेष्ठलाई गलबन्दीको सहायताले घाँटिमा पासो बनाइ हत्या गरेको स्वीकारेका थिए । हत्यापछि उनीहरुले शवलाई श्रेष्ठकै टोयाटा कारमा शव राखेको वयान दिएका थ‍िए ।

श्रेष्ठको शव सन २०१८ को २९ डिसेम्बरमा पोल्यान्डकै रादोम क्षेत्रमा मृतक कारमा राखिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

प्रतिक्रिया