5266
Shares
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्। शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनी २०७६ कार्तिक १९ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए।
‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधार १ को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै नयाँ प्रमुखमा सामाजिक अभियान्ता डा. राजेश झा अहिराज नियूक्त भएका छन्।
