अमेरिका । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले संघको पारदर्शिता र आर्थिक अनियमिततामा शून्य सहनशीलता रहने बताएका छन् ।
कोषाध्यक्ष श्रेष्ठले गैरआवासीय नेपाली संघको मध्यपुर्बमा रहेको राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) युएई, साउदी अरब, कतार, बहराईन, कुवेत, ओमान र एशिया क्षेत्रको राष्ट्र मलेशियामा अप्ठ्यारोमा परेको श्रमजिबि नेपालीहरुको कोभिड १९ संक्रमणका कारण उद्वारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) बाट प्राप्त भएको सहयोग परियोजनाबारे उठेका प्रश्नबारे सो कुरा बताएका हुन् ।
ILO को सो सहयोग परियोजनामा रकम हिनामिना भएको भनी विभिन्न सामाजिक संजाल मार्फत तिब्र गतिमा संघ-भित्र र बाहिर समेत कुरा आएपछि सो क्षेत्रका क्षेत्रीय उपसंयोजक मजोज गोर्खाली र क्षेत्रीय संयोजक पविन गुरुङले विज्ञप्ति नै निकालेर ध्यानार्कषण गराएका थिए ।
त्यसै बिषयमा सोधिएको बिषयमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले यो मात्र होइन कुनै पनि आर्थिक बिषयमा अनियमितता भएमा जिरो टलरेन्सी (शुन्य सहनशीलता) रहने कुरा बताए । जो सुकै र जे सुकैका कुरा भएता पनि आर्थिक अनियमिता माथि छानविन गरेर बाहिर ल्याउने कुरा समेत बताए । यस्ता कुरामा आफू शुन्य सहनशीलता रहनेछु उनले भने ।
यसका लागि तत्काल ३ काम गर्ने , कोषाध्यक्ष श्रेष्ठले भने ;
१. यो मेरो अधिकार क्षेत्र भएकाले तत्काल, आज नै केहि घण्टामा एउटा छानविन समिति बनाउँछु। त्यो समितिको प्रतिवेदन संघको बैठकमा पेश गरेर बाहिर आम नागरिकआ लागि समेत सार्वजनिक समेत गर्नेछु ।
२. आर्थिक कारोबार हेर्न एउटा स्वतन्त्र लेखापरिक्षकको नियुक्ति गर्छु । लेखा प्रतिवेदन पनि बैठक हुँदै सार्वजनिक गर्नेछु।
३. छानविन र अडिटबाट कुनै व्यक्ति या कारोबारप्रति दोष देखिएमा जो सुकै र जे सुकै भएपनि कारबाही गरिनेछ ।
यस परियोजना मात्र होइन भविष्यमा पनि यस्ता स्थान र लुप होल नरहोस् भनेर अझ पारदर्शी गराउनको लागि कुनै पनि परियोजनामा क्षेत्रका क्षेत्रीय संयोजक, उपसंयोजक र अरु समेत रहने गरि मनिटरिङ्ग गर्ने नीति पारित गर्न आगामी बैठकमा लैजानेछु, कोषाध्यक्ष श्रेष्ठले भने ।