२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय श्रम संगठन”बाट प्राप्त सहयोग रकम हिनामिना विवाद : छानबिन गर्न गोर्खालीको माग

940 Shares
Spread the love

काठमाडौँ । गैरआवासीय नेपाली संघको मध्यपुर्बमा रहेको राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) युएई, साउदी अरब, कतार, बहराईन, कुवेत, ओमान र एशिया क्षेत्रको राष्ट्र मलेशियामा अप्ठ्यारोमा परेको नेपाली श्रमजिबि नेपालीहरुको उद्वारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) बाट प्राप्त भएको रकम हिनामिना भएको आशंका गरिएको छ ।

पछिल्लो समयमा सो सहयोग रकम हिनामिना भएको भनी विभिन्न सामाजिक संजाल मार्फत तिब्र गतिमा बिरोध भइरहेको छ ।

यसैले बिषयमा सो क्षेत्रीको उपसंयोजक मजोज गोर्खालीको उनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले सो बिषयमा प्रस्ट पर्दै उनि गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको तर्फबाट (ILO) सबन्धि कुनै पनि पदिय जिम्मावारीमा नरहेको जानकारी गराएका छन् ।

गैरआवसीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त र मध्यपुर्ब संयोजक प्रबिन गुरुङलाई ध्यानाकर्षण गराउदै उनले निष्पक्ष ढंगले छानबिन गरी दोशीउपर कडा भन्दा कडा कारबाहीको लागि जोडदार माग पनि गरेका छन् ।

प्रतिक्रिया