२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

स्कूल अफ डेमोक्रेसीको युरोप शाखा गठन : अध्यक्षमा निर्मल अर्याल

28862 Shares
Spread the love

लण्डन । स्कूल अफ डेमोक्रेसीको युरोप शाखा गठन भएको छ । एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष तथा ईन्जिनियर निर्मल अर्यालको अध्यक्षतामा १२ सदस्य कार्यसमिति गठन भएको हो ।

नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ निवर्तमान केन्द्रीय अध्यक्ष नयन सिंह महर केन्द्रीय अध्यक्ष रहेको स्कूल अफ डेमोक्रेसी नेपालका ७७ वटै जिल्ला सहित युरोप शाखाको बिस्तार सँगै विदेश स्थित ३२ वटा शाखा हुन पुगेको छ ।

प्रजातान्त्रिक विचारधारा संग आबद्ध बौद्धिक तथा प्रबुद्ध वर्गहरूको सहभागिता रहेको यो संस्था विगत केही वर्ष देखि विश्वव्यापी रूपमा विस्तार हुने क्रममा रहेको छ ।

स्कूल अफ डेमोक्रेसीको मुख्य उद्देश्य विदेशमा रहेका बौद्धिक तथा प्रबुद्ध वर्गहरूलाई समेटी युरोप, अमेरीका, बेलायत लगायतका देशबाट सिकेको शिप, ज्ञान, हाँसिल गरेको दक्षता देशमा उपयोग गर्न तथा नीति निर्माण गरी कार्यान्वन गर्न सके आर्थिक विकासमा ठूलो टेवा पुग्ने बिश्वास राख्दै आएकाे छ ।

स्कूल अफ डेमोक्रेसी युरोप शाखा सदस्यहरू : 

स्कूल अफ डेमोक्रेसी युरोप शाखाद्वारा आयोजित परिचयात्मक कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष नयन सिंह महरले नेपालमा केपी ओलीको सरकार संविधान विपरित गएको जनाएका छन । नेपाल कम्युनिष्ट पार्टीको अपरिपक्क गठबन्धन टिक्न नसकेको उल्लेख गर्दै सर्वोच्च अदालतबाट आउने निर्णय नेपाली कांग्रेसले स्वीकार्ने बताएका छन् । निर्णय आउन ढिला हुँदै गएकाले देश अन्यौलता तिर धकेलिने होकी भनी चिन्ता व्यक्त गरेका थिए ।
एनआरएनए युरोप संयोजक नारायण आचार्यले नेपालको प्रजातान्त्रिक परिपाटीमा परिपक्ता नदेखिकोमा चिन्ता व्यक्त गरेका थिए ।

त्यस्तै गरी एनआरएन जर्मनीका पूर्व अध्यक्ष तथा कार्य समिती सदस्य पुष्प थापाद्वारा आफ्नो भनाई राख्दै समय र परिस्थितिले परिपक्क बनाउने विचार राख्दै, युरोपमा प्रजातन्त्रको उपयोग गरिरहेको जनाएका थिए । त्यस्तै गरी जन सम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधीर रानाले स्कूल अफ डेमोक्रेसी युरोप शाखाका व्यक्तिबाट आएको निचोड पार्टीले उपयोग गर्यो भने ठूलो उपलब्धि हुने विचार राख्दै, संस्था उदाहरणीय हुन सकोस् भनी शुभकामना दिनु भएको थियो ।

अर्थविद् विकल चन्द्र आचार्यले आफ्नो जिज्ञासा राख्दै हामीले दिएको आर्थिक तथा बौद्धिक ज्ञान पार्टीले उपयोग गर्छ या गर्दैन यो कुराको निश्चितता माथि प्रश्न गरेका थिए ।

स्कूल अफ डेमोक्रेसी युरोप शाखा अध्यक्ष निर्मल अर्यालद्वारा संचालित उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै स्कूल अफ डेमोक्रेसीको पहलमा बिदेशमा उपयोग गरेको प्रजातान्त्रिक अभ्यासलाई कसरी नेपालमा उपयोग गर्न सकिन्छ भन्ने विषयलाई मध्य नजर गरी संस्थाको स्थापना गरिएको जनाएका थिए ।

कार्यक्रममा युरोप शाखाका अधिकांस सदस्यहरुले आ- आफ्नो तर्फबाट छोटो विचार राख्दै परिचय दिएका थिए ।

प्रतिक्रिया