२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

निर्वाचन आयोगले बोलायो दलहरुलाई, दुबै नेकपालाई एउटै पत्र

1461 Shares
Spread the love

काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको विषयमा छलफल गर्न सबै राजनीतिक दलहरुलाई बोलाएको छ। सरकारले बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि पहिलो पटक निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि पहिलो पटक बोलाएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार ११ बजेका लागि दलहरुलाई आयोगमा बोलाइएको जानकारी दिए। निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको उनले बताए।

दलहरुलाई छलफलका लागि बोलाउँदा नेकपाको विषयलाई लिएर भने आयोगलाई अलमल भएको छ। नेकपा अहिले दुई समूहमा क्रियाशील भएको तर विभाजनले औपचारिकता नपाएको बेला आयोगले पुरानै नेकपालाई पत्र लेखेको छ।

आयोगका प्रवक्ता श्रेष्ठले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबै जना अध्यक्षलाई सम्बोधन गरी पत्र पठाइएको बताए।

प्रतिक्रिया