२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

नेमसंघ काठमाडौं प्रदेश तदर्थ समिति संयोजकलाई प्रमाणपत्र हस्तान्तरण तथा सम्मान

1189 Shares
Spread the love

माघ २९, काठमाडौं । नेपाल महिला संघले काठमाडौंका संयोजकहरुलाई प्रमाणपत्र हस्तान्तरण तथा सम्मान गरेको छ ।

आज काठमाडौं कालोपुलमा रहेको नेपाली कांग्रेस काठमाडौंको कार्यालयमा एक कार्यक्रम गरी नेपाल महिला संघ काठमाडौंका निर्वाचन क्षेत्र अन्र्तगतका प्रदेश संयोजक र महानगर संयोजकमा चयन गरिएकालाई आज संघले प्रमाण पत्र हस्तान्तरण तथा सम्मान गरेको हो ।

माघ ११ गते नेपाल महिला संघ काठमाडौंको बैठक केन्द्रीय परिपत्र र केन्द्रीय प्रतिनिधि महासचिव धन खतिवडाको उपस्थितीमा बसेको बैठकबाट चयन गरिएका प्रदेशका तदर्थ समितिका संयोजकहरुलाई आज प्रमाणपत्र हस्तान्तरण तथा सम्मान गरिएको नेपाल महिला संघ काठमाडौं जिल्ला सभापति विष्णु देवि पुडासैनीले बताउनु भयो ।

कार्यक्रममा काठमाडौं जिल्ला कार्यसमितिका सभापति कृष्ण सबुज बानिया, पूर्व सभाषद राज्यलक्ष्मी श्रेष्ठ र कल्याणी रिजालले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेपाल महिला संघ काठमाडौं जिल्ला सभापति विष्णु देवि पुडासैनीको सभापतित्वमा भएको थियो ।

आज काठमाडौं महानगर समिति संयोजक प्रा.डा. अमिता प्रधान, काठमाडौं क्षेत्र नं. १ प्रदेश सभा तदर्थ समिति संयोजक सुशीला ढकाल र शारदा श्रेष्ठ, क्षेत्र नं. २ बाट शिला पराजुली र मुक्ता अधिकारी, ३ बाट सुशिला बराल र रेणु पौडेल, ४ बाट शशी रिमाल र विष्णु घिमिरे, ५ बाट यशोदा खत्री, ७ बाट अञ्जना श्रेष्ठ मास्के र भुवनेश्वरी खतिवडा, वडा नं. ८ बाट त्रिपुरालक्ष्मी जोशी र गोकुल कुमारी बास्कोटा (भट्टराई), ९ बाट रामेश्वरी सेढाई, १० बाट ईश्वरी के.सी. र वशन्ती महर्जनलाई प्रमाणपत्र हस्तान्तरण तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल महिला संघ काठमाडौंका क्षेत्रीय सभापति रोहिणी श्रेष्ठ, अमला थापा, लेख कुमारी पुडासैनी, कमला शर्मा, मञ्जु श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, कल्याणी खड्का लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया