२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

संसद विघटनविरुद्धको आन्दोलनमा कांग्रेस कसैसँग मिल्नुहुन्न– महामन्त्री कोइराला

1131 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउनुभएको छ ।

सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउनुभएको हो ।

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने महामन्त्री कोइरालाको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने दावी गर्दै उहाँले कार्यकर्ताहरूलाई एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको बताउनुभयो ।

प्रतिक्रिया