२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

बेलायतमा ओली समूहको प्रवासी नेपाली एकता मञ्च गठन अध्यक्षमा भक्त गुरुङ

14546 Shares
Spread the love

लन्डन । नेपालको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बेलायतस्थित नेकपानिकट ‘प्रवासी नेपाली एकता मञ्च’ को पुर्नरगठन भएको छ ।

ओली समर्थक समूहको आइतबार सम्पन्न भर्चुअल ‘विशेष राष्ट्रिय भेला’ ले मञ्चको पुनर्गठन गर्दै भक्त गुरुङको अध्यक्षतामा नयाँ समितिको घोषणा गरिएको हो ।

भेलाले भक्त गुरुङको अध्यक्षतामा १२५ सदस्सीय नयाँसमिति गठन गरेको छ । नयाँ समितिको लागि २३ जना सल्लाह चुनिएका छन् ।

भेलाले बेलायतका विभिन्न ६ वटा इलाका समिति पनि घोषणा गरेको छ ।

भेलालाई रामबहादुर थापा बादलले प्रमुख अतिथिले सम्बोधन गरेका थिए । विशेष अतिथिहरु सुवासचन्द्र नेम्वाङ, डा राजन भट्टराई र पुष्पराज तिमिल्सिना लगायतका नेताहरुले बोलेका थिए ।

कार्यसमितिमा थप सदस्यहरु, रामहरी घिमिरे, लजमान महर्जन, विनोद पुरी, प्रकाश राज कंडेल, मधु पन्त छन् । यस्तै सल्लाहकारमा रामचन्द्र (सूर्जे) गुरुगं रहेका छन् ।

प्रतिक्रिया