२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

जो जनैसम्म लगाउँदैन उसले धर्मको कुरा गर्ने ? ओलीले नौटंकी देखाए–रामचन्द्र पौडेल

36285 Shares
Spread the love
काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धर्मको राजनीति नगर्न आग्रह गर्दै धर्मलाई उचाल्नेहरुले जनैसम्म नलगाउने टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले हालै पशुपतिनाथ मन्दिरमा गरेको पूजाआजातर्फ लक्षित गर्दै नेता पौडेलले कम्युनिष्ट प्रधानमन्त्रीले धर्मको कुरा गर्नु नाटक मात्र भएको बताउनुभयो ।

कांग्रेस रामपुर नगर कार्यसमितिले गरेको कार्यक्रममा पौडेलले भन्नुभयो, ‘हिन्दूको संरक्षक हुँ भनेर पशुपतिनाथमा कम्युनिष्ट प्रधानमन्त्रीको नाटक ? एउटा धर्मलाई च्याप्ने यो राजनीति होइन ।’

आफ्नो जनै देखाउँदै धर्मका कुरा गर्ने नेताहरूले नै जनै लगाएका छन् कि छैनन् भन्दै प्रश्न गर्नुभयो, ‘अहिले धर्मका नाममा जुन नेताहरू हिँड्नु हुन्छ नि, खोलेर हेर्ने हो भने त्यहाँ जनै पनि छैन होला ।’

धर्म आस्था भएको भन्दै यसलाई राज्यमा लगेर राख्न नहुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया