२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

प्रचण्ड विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

1657 Shares
Spread the love

काठमाडौं। दुई चोइटामा विभाजित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता समिर बलामीले हालेको निवेदन सोमबार दर्ता गरी मंगलबारका लागि पेसी तोकेको अदालतले जनाएको छ। प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी गर्दै अधिवक्ता बलामीले अवहेलनाको मुद्दा दायर गरेका थिए।

न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन रिटमा माग गिरएकाे छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व सभामुख दमनाथा ढुंगाना र चार पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा,मीनवहादुर रायमाझी,कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ।

प्रतिक्रिया