२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

गुट, तस्कर, व्यापारी र दलालको स्वार्थ पुरा गर्न सरकार केन्द्रीतः कृष्णप्रसाद सिटौला

1062 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकारले देशका कुनै नागरिकको पक्षमा नभई आफ्नै पार्टीको गुटको हित र स्वार्थमा केन्द्रीत हुँदै केही निश्चित तस्कर, व्यापारी र दलालहरुलाई वरीपरि राखेर उनीहरुकै मिलिभगतमा पैसा आर्जन गर्नमै केन्द्रीत भएको बताउनु भएके छ ।

नेपाली कांग्रेसको झापा –काठमाडौं सम्पर्क समिति क्षेत्र नं ३ ले शनिबार राजधानीमा आयोजना गरेको भेलामा सिटौलाले प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले कायम गरेमा ‘अदालत लत्रियो’ भनेर सहजै बुझ्नु पर्ने बताउनु भयो ।

उहाँले ओली सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई अदालतले सदर नगर्ने विश्वास आफूलाई भएको जनाउँदै अदालतले प्रधानमन्त्रीका गलत कदमलाई रोक्न सकेन भने देश दुर्घटना र अराजकताको दल दलमा फस्ने ठोकुवा गर्नुभयो ।

‘न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनु पर्छ भनेरै संविधानमा संसद र प्रधानमन्त्रीका गलत कामलाई समेत रोक्न सक्ने अधिकार अदालतलाई दिएको उहाँले बताउनु भयो ।

‘संविधानमा सर्वोच्च अदालतलाई संविधानको रक्षा कवचको रुपमा राखेका छौं’, संविधान मस्यौदा समितिका तत्कालिन सभापति सिटौलाले भन्नुभयो, ‘संविधानको सुरक्षा कवचको रुपमा राखिएको अदालतले आफ्नो दायित्व पुरा गर्न सकेन भने हामीले बुझ्नु पर्छ लोकतान्त्रिक शासन प्रणालीमाथि गहिरोसँग प्रहार गरियो ।’

प्रतिक्रिया