२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

लेखराज भट्टप्रति दाहालको कटाक्ष– ‘…उनी दलालकाे पनि दलाल भए’

1348 Shares
Spread the love

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशका नेता लेखराज भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाउनुभएको छ ।

‘मैले नै हुर्काएर मन्त्री बनाएको एउटा मान्छे कता हो कता सोच्नै नसक्ने गरी गए,’ शनिबार कैलालीको धनगढीमा प्रतिनिधिसभा विघटनविरुद्धमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अब उनी केपीको वरिपरि घुम्ने भए, केपी ओली आफैँ दलाल हुन्, उनी दलालको पनि दलाल भए ।’

नेकपा विभाजन हुँदा पूर्वमाओवादीका अधिंकाश नेताहरू ओली पक्षमा गएका थिए । प्रधानमन्त्री ओलीले दाहाल पक्षबाट जाने अधिकांशलाई मन्त्री बनाउनुभएको थियो । अध्यक्ष दाहालको सिफारिसमा सुदूरपश्चिमका नेता लेखराज भट्टलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री भएपछि भट्टले दाहालको साथै छोड्दै ओलीको साथ दिएका थिए ।

उहाँले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै त्यसलाई अदालतले सच्याउने विश्वास व्यक्त गर्नुभएको छ । अदालतमा मुद्दा नपरेको भए आफूहरूले पहिले नै प्रनिनिधिसभा चलाइसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया