२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलायो

690 Shares
Spread the love

काठमाडाैं। निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई छलफलको लागि बोलाएको छ। आयोगले शुक्रबार विहान साढे ११ बजे केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखि निर्वाचन तयारी सम्बन्धी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

शुक्रबार विहान साढे ११ बजे दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच /पाँच जना व्यक्तिलाई बोलाइकाे प्रवक्ता श्रेष्ठले बताए।

नेकपाका दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो।

प्रतिक्रिया