1099
Shares
काठमाडौं। दुई गुटमा विभाजन अघिको नेकपाका उपाध्यक्ष रहेका वामदेव गौतमको नेतृत्वमा बुधबार नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरिएको छ। बुधबार काठमाडौंमा कार्यक्रम गरी अभियान घोषणा गरिएको हो।
नेकपा केपी शर्मा ओली र प्रचण्ड– माधव समूहमा विभाजित भए पनि गौतमले कतै नलागी राष्ट्रिय एकता अभियान घोषणा गरेका हुन्। उनले नेकपालाई फेरि एकजुट गराउन पहल थाल्ने बताएका छन्।
अभियानमा विभिन्न जिल्लाका नेता तथा जनप्रतिनिधिहरु समावेस रहेको बताइएको छ।
निर्वाचन आयोगले नेकपाको विभाजनलाई मान्यता नदिए पनि दुई समूह छुट्टाछुट्टै क्रियाशील छन्।