२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पासापुचः गुठी साउथ इष्ट लण्डनको साधारण सभा सम्पन्न : माधब लाल श्रेष्ठ अध्यक्षमा निर्विरोध

1043 Shares
Spread the love

लण्डन । पासा पुचः गुठी साउथ इष्ट लन्डन यूकेको आइतबार सम्पन्न प्रबिधियुक्त जुम सभा मार्फत ८ औं अधिवेशनले माधवलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चुनेको छ । दुई वर्षे कार्यकालका लागि नयाँ कमिटी निर्विरोध चुनिएको संस्थाले जनाएको छ ।
प्रथम संरक्षक कुमार श्रेष्ठको संयोजकत्वमा संरक्षकहरु चुत्रबहादुर श्रेष्ठ सदस्य र मनिषकुमार श्रेष्ठ सचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

उक्त ‘भर्चुअल’ कार्यक्रमको प्रमुख अतिथी पासा पुचः गुठी यूके बोर्ड अफ ट्रष्टिज अध्यक्ष ओजेश सिंह थिए । उक्त अधिवेशन सफलताका लागि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, रोयल ग्रीनवीच नेपलिज सोसाइटी अध्यक्ष शर्मिला हिराचन थकाली, साउथ इष्ट क्षेत्रीय तमुधिं अध्यक्ष हिराप्रसाद गुरुङ, साउथ इष्ट लन्डन थकाली समाज अध्यक्ष अंकित गौचन, मगर समाज लन्डन अध्यक्ष दलप्रसाद थापा मगरले भिडियो सन्देश पठाएका थिए ।

कार्यक्रममा पासा पुचः गुठी यूके बोर्ड अफ ट्रष्टिज अध्यक्ष ओजेश सिंह, एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दीपक श्रेष्ठ र एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राईले पनि शुभकामना व्यक्त गरे ।

संस्थाका महासचिव नगेन्द्र श्रेष्ठले सञ्चालन गरेको अधिवेशनमा क्यामब्रीजदेखि पिटरबरोसम्मका १२ जना आजीवन सदस्यहरुलाई स्वागत तथा सम्मान गरियो । कार्यक्रममा लन्डन, नेपाल लगायत देशमा दिवंगत भएका संस्थाका आजीवन सदस्य र तिनका परिवारको सम्झनामा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

करिब तीन घण्टा चलेको अधिवेशनमा महासचिव नगेन्द्र श्रेष्ठले सांगठनिक र कोषाध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष सुशील प्रजापतिले नवनिर्वाचित अध्यक्ष माधवलाल श्रेष्ठसहित उनको टिमलाई वधाइ तथा आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

नयाँ कार्यसमिति- यसप्रकार निर्बाचित भएको छ :

अध्यक्ष-माधवलाल श्रेष्ठ
उपाध्यक्ष- मदनकुमार श्रेष्ठ, रिता श्रेष्ठ र विनोद चिपालु

महासचिव- नगेन्द्र श्रेष्ठ
कोषाध्यक्ष- सोनी श्रेष्ठ

सह-कोषाध्यक्ष- दानमाया महर्जन
सांस्कृतिक सचिव- सत्यप्रसाद प्रजापति

सांस्कृतिक सह-सचिव- आशिष श्रेष्ठ

सचिव- भिमलक्ष्मी शाक्य

आइटी संयोजक- निर महर्जन

आइटी सह-संयोजक- विभिया श्रेष्ठ

खेलकुद संयोजक- इश्वर महर्जन

प्रतिक्रिया