२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

1048 Shares
Spread the love

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफलका क्रममा राजदूत बेरीले सभापति देउवालाई भेट गरेका हुन ।

राजदूत बेरीले आजै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत भेटवार्ता गरेका थिए ।

दुबै नेताहरुसँगको भेटमा राजदूत बेरीले लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन, महिला तथा बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू दोहोर्‍याएका थिए ।

प्रतिक्रिया