संसद पाँचै वर्ष हुनका लागि सांसदहरुको जागिर नभएकाले सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उहाँको भनाई छ ।
आफुले शासक बन्नेगरी हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताउनुभयो ।
शारीरीक रुपले अशक्त, असक्षमहरुका लागि सरकार चाहिने भन्दै अशक्तहरुको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रतिबद्धता गर्नुभयो ।
उहाँले अहिले बालबालिकाहरु सडकमा आउनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो ।
सडकमा आउने बालबालिकाहरुलाई अभिभावकको भुमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य तथा सुनिश्चित भविष्यको प्रत्याभुति सरकारले गराउने पनि उहाँको भनाई छ ।
प्रधानमन्त्री ओलीले शारिरिक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेश नखान आग्रह गर्नुभयो ।
देश विकासमा शारिरिक रुपमा अपाङ्गता भएकाहरुले पनि योगदान दिनसक्ने उहाँको भनाई छ ।
