२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

पूर्व लडाकु कमाण्डरहरुसँग प्रधानमन्त्री ओलीले गरे छलफल

1208 Shares
Spread the love

काठमाडौं। नेकपा (ओली) समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन विद्रोही माओवादीका लडाकुहरुसँग छलफल गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व लडाकु कमाण्डरहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्थ थापाले जानकारी दिए। उनले भने, ‘पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्दै भन्नुभएको छ।’

प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ। एक समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–माधवले गरेका छन्। अहिले दुबै समूह पार्टीका नेताहरु तथा पूर्व लडाकुहरुलाई आ आफ्नो समूहमा तान्न सक्रिय छन्। यहीबीचमा प्रधानमन्त्री ओलीले पूर्व लडाकु कमाण्डरहरुसँग छलफल गरेका हुन्।

सो क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ। नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो। यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ। यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं। नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन।’

प्रतिक्रिया