२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

खोटाङमा नेकपा छोडनेको ताँती : कांग्रेसमा स्वागत गरे युवा नेता रविप्रकाशले

21940 Shares
Spread the love

खोटाङ। खोटाङ जिल्लामा नेपाली कांग्रेसका युवा नेता रविप्रकाश राईले, १०० जना नेकपा परित्याग गरेकालाई कांग्रेसमा प्रवेश गराएका छन

नेपाली कांग्रेस केन्द्रिय सर्कुलर अनुसार देशव्यापी वडाहरुमा आयोजित वडा स्तरिय विरोध कार्यक्रमको अवसर पारेर खोटेहाङ गाउपालिका वडा नं १ लिकुवापोखरी साथै वडा नं ३ सावाकटहरेमा नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिति सदस्य रविप्रकाश राईले अबिर र खादा ओढाएर नेकपाका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन। नेता राईले सावा कटहरेमा ५५ जना साथै लिकुवापोखरिमा ४५ जनालाई पार्टीमा प्रवेश गराएका हुन।

खोटाङ जिल्लामा नेकपाको गढका रुपमा चिनिएका वडाहरुबाट नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका कारण नेकपालाई ठूलो धक्का पुगेको छ। पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशिहरुलाई स्वागत गर्दै नेता राईले, कम्युनिष्टहरु कहिलै पनि विकास र जनताको समुन्नत विकासका पक्षमा नरहेको र यसको प्रमाण जनताले झण्डै दुई तिहाई मत दिएर पुर्ण विश्वासका साथ नेकपालाई निर्वाचित गराउदा समेत कम्युनिष्टहरु सत्ताको खेलमा सति गएको परिघटनाले पुष्टि गर्ने बताए। जनता कोरोनाको पिडाले आक्रान्त हुदा कोरोना भाइरसको रोकथाममा आवश्यक किटहरुमा समेत भ्रष्टाचार गरेका कारण नेपालका कम्युनिष्टले कात्रोमा समेत भ्रस्टाचार गर्ने निती राखेको नेता राईले बताए ।

नेता राईले थपे, “कम्युनिष्टलाई जनताले ऐतिहासिक अवसर दिएको तर उक्त अवसरलाई कम्युनिष्टहरुले वालुवामा पानी हाले सरह अर्थहिन मुल्यांकन गरेका छन। नेपाली जनताको विकास र समृद्धिको सहयात्री केवल नेपाली कांग्रेस मात्र भएको कम्युनिष्टहरुले फेरि एकपटक पुष्टि गरिसकेका छन।”

नवप्रवेशीहरुलाई ढाडस दिदै नेता राईले, यो देश विकासको यात्रामा काङ्ग्रेसको मुल बाटोमा समाहित हुँदै समुन्नत नेपाल निर्माणको अभियानमा जोडिएकामा शुभकामना दिदै नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे।

सभामा उपस्थित सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुलाई समेत धन्यवाद व्यक्त गर्दै नेता राईले देश विकासको काङ्ग्रेसको सपना साकार गर्न आफू नेतृत्व दिन तयार रहेको समेत सभामा जानकारी गराए ।

 

प्रतिक्रिया