२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

‘हामी नेपाली ग्लोबल’ को सदभावना दूतमा राजा घले

1509 Shares
Spread the love

विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैरमुनाफा संगठन ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता राजा घलेलाई नर्थ र साउथ अमेरिकाको सद्भावना दूतमा नियुक्त गरेको छ ।

राजा घले नेप्लिज एशोशिएसन इन साउथ इस्ट अमेरिका (नासा) का प्रथम अध्यक्ष, एसियन प्यासिफिक अमेरिकन काउन्सिलका महासचिव प्रथम निर्वाचित नेपाली, अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रबाट एनआरएन आईसीसीमा निर्वाचित हुने प्रथम व्यक्ति र अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रका लागि नेपालका सदभावना दूत समेत हुन् । यस्तै दर्जनौ संघ संस्थामा उनी क्रियाशील छन् ।

अमेरिकाको इतिहासमा सबैभन्दा वृद्धा ७८ वर्षीय जो बाइडेन ४६ औँ अमेरिकी राष्ट्रपति र प्रथम महिला कमला ह्यारिस उपराष्ट्रपतिले सपथग्रहण गरेकै दिन ‘हामी नेपाली ग्लोबल’ को सदभावना दूत बन्न पाउँदा गर्व र खुसी लागेको प्रतिक्रिया राजा घलेले दिए ।

नेपाली डायस्पोरास्थित समुदायको विकासमा सक्रिय रहेकाले राजा घलेलाई सम्मान स्वरुप राजदूतको पदमा मनोनित गरेको संस्थाका अध्यक्ष अमृत लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया