२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति कतारको सहजीकरणमा रक्तदान सम्पन्न

1305 Shares
Spread the love

दोहा – ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्त दान, जीवन दान भन्ने मूल नाराका साथमा बृहत रक्तदान कार्यक्रम शुक्रबार दोहामा संम्पन्न भएको छ। नेपाली जनसम्पर्क समिति कतारको आयोजना तथा हमद हस्पिटलको ब्लड डोनेट सेन्टरको सहजिकरणमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

२ सय भन्दा धेरै जनाको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा ८८ जनाले नाम दर्ता गराएका थिए भने ६८ जनाले मापदण्ड पूरा गरी ररक्तदान गर्न सफल भएको समितिका महामन्त्री महम्मद अजिज अलिले जानकारी गराएका छन्।

समितिका प्रमुख सल्लाहकार विमल सुवेदीको पहिलो रक्तदान बाट शुरुवात गरिएको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । आठौं रक्तदान कार्यक्रम सम्पन्न गरेको यस नेपाली जनसम्पर्क समिति कतारलाई हमाद ब्लड सेन्टरले ट्रफी सहित अवार्ड समेत प्रदान गरेको प्रमुख सल्लाहकार सुवेदिली जनाकारी दिएका छन्।

मेलमिलाप दिवसका अवसरमा विगतका वर्षहरुमा रक्तदान सँगै वनभोज सांस्कृतिक, साहित्यिक लगायतका कार्यक्रमहरुको आयोजना गरेर मनाउने गरिएको थियो । यसपटक कोभिड १९ का कारण अन्य कार्यक्रमहरु स्थगित गरिएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक सभापति एवं नेपाली कांग्रेसको जनसम्पर्क समिति केन्द्रीय विभागका सदस्य नरेन्द्र भाट, संस्थापक कोषाध्यक्ष भूपति भट्टराई, संस्थापक सल्लाहकार क्रान्ति सिंह, संस्थाका कावा सभापति शंकर न्यौपाने र महाधिवेशन प्रतिनिधिहरुले उपस्थित सम्पूर्णलाई स्वागत तथा धन्यवाद दिएका थिए ।

प्रतिक्रिया