काठमाण्डौं, ३ माघ । लामो समयदेखि पोर्चुगलको अस्पतालमा उपचाररत रहेका एक नेपाली युवाको उद्धार गरि स्वदेश पठाईएको छ ।
पक्षघात भई बिगत सात महिनादेखि पोर्चुगलको कोईम्ब्रा अस्पतालमा उपचाररत रहेका ललितपुरका २९ बर्षीय शिब श्रेष्ठलाई गैर आवासीय नेपाली संघ पोर्चुगलको बिशेष पहलमा उद्धार गरि स्वदेश पठाईएको हो । लामो समयदेखि यहांको अस्पतालमा उपचाररत श्रेष्ठलाई उनको परिवारको आग्रहमा उद्धार गरि शनिबार टर्कीस एरलाईन्सको जहाजबाट स्वदेश पठाईएको संघका महासचिव हेमराज सुवेदीले जानकारी दिए ।
संघका अध्यक्ष तिलक गैरेको समन्वयमा श्रेष्ठलाई उद्धार गरि भवानी शंकर कडेंलको साथमा स्वदेश पठाईएको उनले बताए । संघका बरिष्ठ उपाध्यक्ष भिमसेन थापा, कोषाध्यक्ष बिक्रमजंग कुँवर, सदस्य दीपक खत्री लगायतको टोली बिमानस्थल पूगेर स्वास्थ्यलाभको कामना सहित श्रेष्ठलाई बिदाई गरिएको महासचिव सुवेदीले बताए । बैदेशिक रोजगारीका सिलसिलामा श्रेष्ठ एक बर्ष अगाडी कृषि कामदारका रुपमा पोर्चुगल पूगेका थिए ।