२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

काँग्रेसलाई चुनावमा जान कुनै हतार छैन, स्वार्थका लागि लड्ने पार्टी होइन – रामचन्द्र पौडेल

950 Shares
Spread the love

दमौली – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा जान काँग्रेसलाई कुनै हतार नभएको बताएका छन् । शनिवार तनहुँको एक शोकसभामा बोल्दै पौडेलले सो कुरा बताएका हुन् ।

उनले काँग्रेस स्वार्थका लागि लड्ने पार्टी नभएको बताउदै भने – “अब चुनाव आयो, काँग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन । काँग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन ।”

उनले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान काँग्रेस तयार रहेको बताए ।

पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया