२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका पूर्व नेता आचार्यको लण्डनमा निधन

22576 Shares
Spread the love

लण्डन । नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका पूर्वनेता गोपाल आचार्यको लण्डनमा निधन भएको छ ।

विगत १० वर्ष देखी परिवारसंग लण्डनमा बस्दै आएका आचार्यको गत शुक्रवार साँझ निधन भएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तत्कालिन स्ववियु सभापति किशोर सिहं राठौरको कार्यकालमा उनी त्रिचन्द्र क्याम्पसको उपसभापति थिए ।

पारिवारीक स्रोतका अनुसार उनी क्रिस्मस अघि घरैमै अस्वस्थ भए पछि अस्पताल भर्ना गरिएको थियो ।

५० वर्षिय आचार्यको कलेजोमा समस्या देखिएको थियो । उनको आगामी शुक्रवार बिहान पूर्विलण्डनमा अन्त्यष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।

उनका एक छोरा र श्रीमति छन् ।

पर्वत कुस्मा घर भएका आचार्यका आमाबुवा भारतको देहरादुनमा बसोवास गर्दै आएका छन् ।

प्रतिक्रिया