२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

अवैधानिक जनसम्पर्क समिति यूरोपको अधिवेशनमा यूरोपस्थित जनसम्पर्क समितिहरू सहभागी नहुने

21060 Shares
Spread the love

लण्डन । नेपाली काँग्रेसका युरोपस्थित विभिन्न देशमा स्थापित जनसम्पर्क समितिहरूले आगामी २८ डिसेम्बरमा हुने भनिएको जनसम्पर्क समिति युरोपको जुम अधिवेशनमा भाग नलिने भएका छन् ।

जनसम्पर्क समितिहरूको गत १६ डिसेम्बरका दिन सम्पन्न संयुक्त बैठकले सो निर्णय गरेको हो । सन २००६ मा स्थापित जनसम्पर्क समिति युरोपले विवादका कारण हालसम्म आफ्नो अधिवेशन सम्पन्न गर्न सकेको छैन भने नेपाली काँग्रेसबाट वैधानिक मान्यता प्राप्त गर्न पनि असफल भएको छ ।

विभिन्न देशमा स्थापित जनसम्पर्क समितिहरूले नेपाली काँग्रेसको वैधानिक मान्यता प्राप्त गरि नेपाली काँग्रेसका दुइवटा महाधिवेशनमा सहभागी भैसकेका छन् । जनसम्पर्क समितिका सभापतिहरूको वैठकले आफ्नो वैधानिक मान्यताको स्मरण गराउँदै पार्टीबाट मान्यता नपाएका विवादग्रस्त कुनैपनि संरचनाहरूमा संलग्न हुन नसक्ने तर सबैलाइ समेटेर निर्विवाद ढँगले अघि बढ्ने सुवेच्छुक सँस्थाहरूसँग भने आफुहरूको सहकार्य रहने जनाएका छन् । विभिन्न देशका १६ जना सभापतिहरूको बैठकका निर्णयहरू यसप्रकार रहेका छन्—

युरोप महादेश स्थित नेपाली जनसम्पर्क समितिहरूको संयुक्त बैठकका निर्णयहरू-

१६ डिसेम्बर २०२० का दिन जुम प्रविधी मार्फत यूरोप स्थित नेपाली जनसम्पर्क समितीका सभापती ज्यूहरूको बैठक सम्पन्न भयो । उक्त बैठकमा उठेका र समसामयिक विषय वस्तुमा व्यापक छलफल गरी निम्न लिखित निर्णयहरु गरिएको छ ।

१ – बिस्व भर रहेका नेपाली जनसम्पर्क समितिहरुको उचित ब्यबस्थापन, सुपेरिबेक्षण र नियमनका लागि महादेशीय समन्वय समितिहरू उपयोगी हुन सक्ने कुरा सबैले मनन गरेकै छौ ! यस युरोप क्षेत्रमा लामो समय देखि कृयाशील रहेको नेपाली जनसम्पर्क समन्वय समिती युरोपमा बिगतमा जे जस्तो विवाद रहे पनि आगामी अधिबेशनमा सबै कांग्रेसी साथीहरुको साझा र अपनत्व हुने गरी समाबेशीका साथ सम्पन्न गर्न पहल कदमी गर्ने निर्णय गरेको छौँ !

२ – बिगत लामो समय देखि नेपाली जनसम्पर्क समन्वय समिती युरोपमा देखीएको बिबादका कारण नेपाली कांग्रेसका साथीहरूको पहलमा निर्माण गरिएको युरोप सञ्जालका गतिविधीले नेपाली कांग्रेस तथा नेपाली जनसम्पर्क समिती र यो बिचार र सिद्दान्त बोकेर हिँड्ने कुनै ब्यक्ति अथवा संस्थालाई फाइदा नपुर्याएको बरु सांगठनिक रुपमा नोक्सान पुर्याएको ठहर गरेका छौ । त्यसैले अहिले देखिएको मत मतान्तर र गुटबन्दीलाई निर्मुल गर्दै एक ढिक्का भएर आउदै गरेको नेपाली काँग्रेसको १४ माहाधिबेसनमा माहादेशीय समन्वय समितिहरुलाई समेत पार्टीको बिधानमा लिपीबध्द गर्न पहल गर्नेछौ ।

३ – आपसी कलह र खिचातानीले सङ्गठनलाइ हित नगरी नोक्सान नै गरिरहेकोले यथाशिघ्र आवश्यक बृहत छलफल गरी प्राप्त उपलब्धिलाइ संस्थागत गर्दे गुट उपगुट रहित , प्रकृयागत विधि र पदतीको विकाश गर्दै संस्थालाई एकताबद्ध बनाउनु आजको आवश्यकता भएकोमा एकमत जाहेर गर्दछौ ।
४ – यहाँ (युरोप) स्थित सबै जनसम्पर्क समितिहरु सहित अधिकांश कांग्रेसजनहरुले एकताको अधिबेशनका लागि फ्राँकफर्ट भेला र विभिन्न बैठक-छलफल मार्फत शुभेक्षा र सद्भाव दिँदादिँदै पनि पन्ध्र बर्ष सम्म अधिबेशन नगरी अनिर्णयको बन्दी बनाइएको समन्वय समितिको अधिबेशन सम्वन्धित पक्षहरू बीचमा कुनै सरसल्लाह,संवाद र सहमति बेगर नै एकलौटी र मनोमानीपूर्ण ढँगले आगाडी बढाइनु कसैको पनि हीतमा नरहेको हामीले ठहर गरेका छौँ । यस्तो कदमले हामीले सहमति,सहकार्य र एकताको लागि गरेको अथक प्रयासलाइ मद्दत गर्दैन । यसर्थ यूरोप क्षेत्रमा रहेका कांग्रेसीहरुलाई एकीकृत गरी सबै साथीहरूको स्वामित्व रहने गरी एकताको अधिवेशन गर्ने एकमात्र उपाय देखिएकोले सम्बन्धित पक्षलाइ अभिभाबकीय भूमिका निर्वाह गर्न ध्यान आकर्षण गर्दछौ । अन्यथा सबै देशमा स्थापित जनसम्पर्क समितिहरू पार्टीका वैधानिक निकाय भएको स्मरण गराउँदै पार्टीको आधिकारिकता प्राप्त नगरेका,केन्द्रले कुनै निर्देशन नगरेका र विवाद ग्रस्त कुनै पनि संरचनामा हाम्रो संलग्नता नरहने निर्णय गरेका छौँ ।

५ – अन्तमा एकताको अधिबेशनका लागी सबै नेपाली जनसम्पर्क समितिहरुलाई समेत पदेन सदस्य राखि सर्बपक्षीय अधिवेशन मूल तैयारी समिती गठन गरि एकताको अधिवेशन गर्ने गरि हाल प्राचरमा ल्याइएको अधिबेशन तत्काल स्थगित गर्नका लागि सम्वन्धित पक्षसँग अनुरोध गर्दछौँ । जय नेपाल ।

सभापतिहरू-

१. सिता सापकोटा (बेल्जियम)
२ . सिता अर्याल (साईप्रस)
३ . वीरेन्द्र सिंह कार्की (डेनमार्क)
४ . सुधीर राना (फ्रान्स)
५ . शिखर खड्का (जर्मनी)
६ . प्रेमसिंह गुरुङ (नेदरल्याण्ड)
७ . राजन चापागाई (ईटली)
८ . खगेश्वर अधिकारी (इजराएल)
९ . बालकृष्ण सापकोटा( लगज्जेम्बर्ग)
१० . सन्देश के सी(माल्टा)
११ . जितेन्द्र शाही(नर्वे)
१२ . डा अलिनी पोखरेल (सुबेदी ) (पोलेण्ड)
१३ . ईन्द्र प्रसाद शर्मा (स्पैन)
१४ . नवीन थपलिया (स्वीडेन)
१५ . श्याम सापकोटा (स्वीट्जरल्याण्ड)
१६ . शुक्रराज न्यौपाने (आयरल्याण्ड)

प्रतिक्रिया