लण्डन । बेलायतको ग्रीनवीचस्थित ( वेस्टकम्ब पार्क ) मा रहेको ‘रोयल नेपाल रेष्टुरेण्टले ‘ साउथ अफ इंग्ल्याण्डको बेस्ट नेप्लिज रेष्टुरेण्टको अवार्ड जित्न सफल भएको छ ।

सुरज केसीको व्यवस्थापनमा सञ्चालित ‘रोयल नेपाल रेष्टुरेण्ट’ ग्राहकहकहरुको रिभ्यूका आधारमा प्रतिष्ठित आयोजक ” एशियन रेष्टुरेण्ट अवार्ड ” ले हालै साउथ अफ इंग्ल्याण्डको बेस्ट नेप्लिज रेष्टुरेण्टको अवार्ड दिएको हो ।
सन् २००३ मा स्थापित रोयल नेपाल रेष्टुरेण्ट गुणस्तरीय खाना र सर्भिसको लागि स्थानीय ग्राहकहरुमाझ लोकप्रिय छ । बेलायतमा सञ्चालित सयौं नेपाली रेष्टुरेण्टहरुमा लोकप्रियता र ग्राहकको मतको आधारमा ‘‘रोयल नेपाल रेष्टुरेण्ट’ साउथ अफ इंग्ल्याण्डमा पहिलो नम्बरमा पर्न सफल भएको हो ।

बेलायतमा सयौं रेष्टुरेण्ट छन् । हामीले जस्तै नेप्लिज् खाना सर्भ गर्ने रेष्टुरेण्टको संख्या पनि दर्जनौं होला’, रोयल नेपाल रेष्टुरेण्टक सञ्चालक एवम् समाजसेवी सुरज केसीले भने, ‘ती सबैमध्ये उत्कृष्ट भनेर सूचीमा राखेकोमा हामी गौरवान्वित भएका छौं । खाना र सर्भिसमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने हाम्रो कोशिश् ग्राहकहरुबाट कदर भएको महशुस भएको छ ।’

तेस्तै केसीद्वारा नै सञ्चालित अर्को रेष्टुरेण्ट स्फ्ररोन क्लबलाई पनि वर्ष २०२० को उच्च प्रशंसित सर्वश्रेष्ठ नेपाली रेष्टुरेण्टको रूपमा पनि मनोनयन गरिएको छ ।