२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

संसद विघटन नेपालमा संबैधानिक संकट खडा भएको जनसम्पर्क समिति विश्व संजाल यूरोपको निस्कर्ष

799 Shares
Spread the love

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटनको घोषणा भएसँगै कांग्रेस आन्दोलित बनेको छ ।

सङ्घीय व्यवस्थापिका संसद् विघटनको विरुद्धमा नेपाली जनसम्पर्क समिति विश्व संजाल यूरोपले एक प्रेस बिज्ञप्ति जारी गर्दै देशमा घटेको राजनीतिक घटनाले संबैधानिक संकट खडा भएको निस्कर्ष निकालेको छ ।

सभापति शेखर कंडेलद्वारा जारी बिज्ञप्तिमा जनताको लामो संघर्ष र हज्जारौ सहिदहरुको बलिदानी स्वरुप प्राप्त संबिधान र लोकतान्त्रिक संसदलाई उपहास गर्दै नेपालको संघिय गणतन्त्रात्मक शासन ब्यबस्थालाई सिधै बलात् गरि राष्ट्रपति मार्फत संसद बिघटन गर्ने बदनियत पुर्ण कदम मात्र नभएर घोर अधिनायकबादी चरित्र,सर्बसत्ताबादी सोच,निरंकुशताको पराकाष्ठा भएको भन्ने विश्व संजालको बुझाई रहेको र जनताका प्राप्त अधिकारहरुलाई संरक्षण गर्न सिंगो नेपाली कांग्रेस एबम् आम नेपाली जनता एक जुट हुदै पुन: संघर्षमा उत्रिन समेत हार्दिक आह्वान गर्दछौ सो बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया