२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए यूकेका चार उपाध्यक्षहरुले उल्टै सोधे अध्यक्षलाई स्पष्टिकरण !

27415 Shares
Spread the love

लण्डन । गैर आवसीय नेपाली संघ युकेका उपाध्यक्षहरुले एक सामुहिक पत्र लेखेर एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुगंले सोधेको स्पष्टिकरणको जवाफ दिएका छन् ।

एनआरएनए युकेमा भैरहेको आथिक अनियमितता र अपारदर्शिता विरुद्ध कानुनी कारवाहीको प्रकृया शुरु गरेका उपाध्यक्षहरु नारायण कडेल, प्रेम गाहा मगर, रामचन्द्र पोखरेल र मोहन कार्किलाई गत १ डिसेम्वरमा स्पष्टिकरण सोधेर पत्र पठाईएको थियो ।

स्पष्टिकरण पत्रको जवाफमा उपाध्यक्षहरुले आफुहरु स्वतन्त्र ब्याक्ति भएको बताउदै समाजमा भएका गैर कानुनी कृयाकलाप चित्त नबुझी न्याय खोज्ने प्रकृयामा जादा त्यसलाई अवरुद्ध गर्ने तपाईको अधिकार केहो भनेर उल्टै स्पष्टिकरण सोधेका छन् ।

अध्यष्क्षले सोधेको स्पष्टिकरण उपाध्यक्षहरुले पत्रकार सम्मेलनमा बोलेका विषयहरुमा समेत केन्द्रित थियो । यसको जवाफमा समेत उपाध्यक्षहरुले उल्टै प्रश्न सोधेका छन् । हाम्रो अभिब्याक्ति स्वतन्त्रता माथि अनुचित बन्देज लगाउने तपाईको अधिकारको श्रोत के हो ?

बेलायतमा ब्याक्तिलाई न्यायको खोजि गर्दै अदालत जाने प्रकृयामा अवरोध गर्न पाईदैन । यस्लाई (an offence of preventing the course of justice) न्याय अबरुद्ध गर्ने गैर कानुनी एवं अपराधिक कृयाकलाप मानिन्छ । गत १४ नोभेम्बरको बैठकमा उपस्थित भएका अध्यक्ष सहितका केही ब्याक्तिहरुले उपाध्यक्षहरुले अदालत जाने प्रकृया सुरु गरेकामा विरोध गर्दै धम्कि पुर्ण भाषामा कानुनी प्रकृया त्याग्न दवाब दिने निर्णय गरेका थिए । अदालत जाने प्रकृया सुरु गरेकै कारण उनीहरुलाई संस्थाबाट निकाल्ने धम्कि दिइएको थियो ।

अध्यक्ष गुरुगंले एनआरएनएमा आर्थिक अनियमिततालाई लुकाउन विधान अनुसार छानविन गर्ने प्रकृयामा अवरुद्ध गरेको आरोप उपाध्यक्षहरुले लगायका थिए । अहिले अध्यक्षबाट बेलायतको न्यायीक प्रचलन विपरित न्याय प्रकृयाका मान्य सिद्धान्त विपरित न्यायको अवरोधमा सकृय भएको देखिएको उपाध्यक्षहरुले स्पष्टिकरण पत्रमा संकेत गरेका छन् । हामी स्वतन्त्र ब्याक्तिको न्याय माग्ने मौलिक अधिकार खोस्ने तपाईको अधिकारको श्रोत के हो ? स्पष्टिकरण पत्रमा उल्टै अध्यक्ष संग जबाफ मागिएको छ ।

दुई बुदामा दिइएको स्पष्टिकरणमा उपाध्यक्षहरुले गैर आवासीय नेपाली संघ बेलायत भित्र देखिएको आर्थिक अपारदर्शिता, अनियमितता तथा त्यसलाई संरक्षण प्रदान गर्ने कार्यलाई कानुनी रुपमा चुनौति दिदै सुरु गरिएको कानुनी प्रकृयालाई संस्थाको बैधानिकता तथा मान मर्यादालाई चुनौति दिएको भन्ने तपाईको बुझाई पुर्णतया गलत छ भनेका छन् ।

यसै गरी संस्थामा भएका कार्य प्रणालीगत अपारदर्शिता, आर्थिक अनियमितता लगायतका बेथितीहरु तथा त्यस्ता बेथितीहरुलाई विधी विधान तथा नियम कानुनको समेत उलंघन गरी संरक्षण प्रदान गर्ने कार्यका विरुद्ध संस्थामा अत्याबस्यक सुधार गर्ने उदेश्यले आज सम्म हामीहरुले गरेका सबै कार्यहरु प्रति हामी अत्यन्तै गौरव गर्दछौ भनिएको छ ।

उपाध्यक्षहरुले आफुहरुले स्पष्टिकरण दिनु पर्ने कुनै गलत काम नगरेको र आर्थिक अनियमितताको अन्त्यका लागि आफुहरुले गरेका हरेक कृयाकलापमा गौरव गरेको भनेका छन् उनीहरुले अध्यक्षको बुझाई गलत भएको र अफुहरुका कार्य उचित भएको स्पष्ट पारेका छन् । बरु अध्यक्षले ब्याक्तिको अभिब्याक्ति स्वतन्त्रतालाई संकुचित पार्न तथा न्याय अबरुद्ध पार्न खोजेकोमा स्पष्ट पार्न भन्दै उल्टै स्पष्टिकरण मागिएको छ ।

 

प्रतिक्रिया