२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पौडेलको गिरफ्तारी : नेपाली जनसम्पर्क समिति बेलायतद्वारा बिरोध

20495 Shares
Spread the love

लण्डन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहु प्रहरीले गिरफ्तार गरेको खबर फैलिए संगै देश बिदेशमा उक्त कदमको बिरोध भएको छ । नेपाली काङ्रेसका नेता कार्यकर्ता लगायत नागरिक समाजले पनि पूर्व निर्धारित कार्यक्रम बिथोल्न गरिएको धरपकड प्रति आपत्ति जनाउदै प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकबाद तर्फ उन्मुख भैसकेको र देशमा कानुनी राज्यको धज्जी उडाएको प्रतिक्रीया दिएका छन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भनेका छन् ।

उनले एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताएका छन् । देउबाले प्रधानमन्त्री ओलीलाई फोन गरेर पनि यस् खाले लोकतान्त्रिक अधिकार बीरोधि कदम शाहय नहुने चेतावनी दिएका छन ।

त्यसै गरी नेपाली काङ्रेसको बिदेश स्थित भात्तृ संस्था नेपाली जनसम्पर्क बेलायतका सभापति युवराज गुरुङले बक्तब्य जारी गर्दै कम्युनिस्ट सरकारले अधिनायबादी चरित्र देखाएको र लोकतन्त्रमा यस किसिममा व्यबहार सह्य नहुने र प्रतिरोध गरिने जनाएका छन । लोक्तान्त्रिक अधिकारको हनन हुने यस्ता क्रिकलाप बन्द गर्न पनि माग गरेका छन ।

प्रतिक्रिया