२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एकतावद्ध र अनुशासित पार्टी निर्माण गर्न नेकपा प्रवास समन्वय कमिटीको ध्यानाकर्षण पत्र

1599 Shares
Spread the love

लन्डन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता भएपश्चात सम्पूर्ण नेपाली लगायत प्रवासी नेपालीहरुको आशाको केन्द्र बनेको र बृहत् जनसमर्थन पाएर पनि पछिल्लो समयमा पार्टीमा हुने अन्तर कलहले प्रवासी नेपालीहरु पनि चिन्तित बनेका छन् ।

पार्टीमा भएका गुटबन्दी, विवाद र दोषारोपनणलाई सकारात्मक शक्तिमा रुपान्तरण गरि देश र जनताको अनि स्वयं पार्टीको हितका लागि पार्टीको एकता कायम गर्न र कुनै किसिमको विभाजन हुन नदिन पार्टी अध्यक्षद्वय, सम्पूर्ण सचिवालय सदस्यहरु र पार्टी केन्द्रलाई नेकपा प्रवास समन्वय कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेकपा प्रवास समन्वय कमिटीका अध्यक्ष लगायत विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष र सचिवहरु गरी ७१ जनाले सामुहिक रुपमा उक्त ध्यानाकर्षण पत्र पठाएका हुन् । उनीहरुले पत्रमा पार्टी बिभाजन रोकी एकता कायम राख्न जोडदार माग गर्दै देश र जनताको हितमा लडिरहने सामुहिक प्रतिबद्वता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया