२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय ग्लोबल गोरखा समाज समन्वय परिषदद्वारा स्वास्थ्य सामाग्री सहयोग

13200 Shares
Spread the love

काठमाडौँ । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई  स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

जिल्लामा रहेको ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई एक कार्यक्रम गरि स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष बिनय अधिकारीले जानकारी दिए ।

गोरखा बजारमा आयोजित सस्थाका नेपाल प्रतिनिधी बिनोद पोखरेलले जिल्लाका सबै स्थानिय तहलाई मास्क र ज्वराे नाप्ने थर्मल गन हस्त्तान्तरण गरेको समाजका उपाध्यक्ष एवं स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक गोकर्ण प्रसाद ढकालले जानकारी दिए ।

समाजको हालै सम्पन्न अधिवेशन पछिको पहिलो बैठकले गोरखाका सबै तहमा स्वास्थ्य सामाग्री दिने निर्णय गरे लगत्तै स्थानिय तहलाई सो सामाग्री सहयोग हस्तान्तरण गरीएको हो । समाजले ११ लाख ७६ हजार ८ सय रुपैया बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको समाजका कोषाध्यक्ष तथा कालिका दैनिकका निर्देशक आकाश बन्जाराले टेलिफोनमा जानकारी दिए ।

जिल्लाका सबै स्थानिय तहलाई १३/१३ हजार थान मास्क र ३०/३० थान थर्मल गन सहयोग गरिएको छ । त्यस्तै गरी समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति गोरखालाई ग्लोबल गोरखा समाजका नेपाल प्रतिनिधी बिनोद पोखरेलले सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो भने सबै स्थानिय तहलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङले हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा सबै स्थानिय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको समाजका सचिव विराट बाबु खनालले जानकारी दिए । हस्तान्तरण कार्यक्रम हुनु अगाडि समाजले पत्रकार सम्मेलनको आयोजना गरि कोरोनाले नेपालमा परेको असर र समाजको तर्फबाट गर्न सक्ने योगदानको बारेमा छलफल भएको समाजका प्रबक्ता यादव देवकोटाले जानकारी दिए ।

समाजले यस अगाडी पनि गोरखाको विभिन्न स्थानमा सहयोगहरु गर्दै आएको ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनय अधिकारीले जानकारी दिनुभयो । सो समाजमा गोरखामा जन्मिएर बिश्वभर रहेका नेपालीहरु संगठित भएका छन् ।

प्रतिक्रिया