२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

विश्व हिन्दु यूवा संघ बेलायतको पहिलो बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

6693 Shares
Spread the love

लण्डन । विश्व हिन्दु यूवा संघ बेलायत शाखाको पहिलो बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विश्व हिन्दु यूवा संघ बेलायतका अध्यक्ष प्रकाश बिक्रम सिंहको अध्यक्षयतामा  जुम प्रविधि मार्फत सम्पन्न सो पहिलो बैठकमा तथा अन्तरक्रिया कार्यक्रममा नेपालबाट बिश्व हिन्दु महासघका अध्यक्ष डा रामचन्द्र अधिकारि , सचिब भक्तराज भुषाल , केन्द्रीय सद्स्य रामचन्द्र तिवारि , बाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेल , स्वामि तथागत , योगी पिताम्बर , स्वामि चैतन्य कृष्ण , विश्व हिन्दु यूवा संघका केन्द्रीय सभापती अध्यक्ष ऋषीकेश जंग शाह ,प्रवक्ता अनुराग शाह , यूरोप संयोजक तथा केन्द्रिय सदस्य शशांक शर्मा बेलायत शाखाको संरक्षकहरु क्रमश : चिरन्जिबी ढकाल ,डा.जगन्नाथ शर्मा , शेर बहादुर सुनार , नारायण कंडेल , राजेन्द्र खरेल , शान्ता बिनोद लामिछाने , राजेन्द्र सुबेदी सल्लाहकारहरु चिरंजीबि पौडेल ,जिबन सेन , महेश अधिकारी उपस्थित रहेका थिए ।

अन्तरक्रियामा बोल्दै केन्द्रीय सभापती ऋषीकेश जंग शाहले विश्व हिन्दु यूवा संघ बेलायतको कार्यसमितिलाई पूर्ण सफलतको शुभकामना दिदै सो कार्यसमितिले बिदेशमा पूर्बिय दर्शन एवं हिन्दु धर्मको प्रचार प्रसार र युबाहरुमा हिन्दु जागरण ल्याउने विश्वास प्रकट गरे ।

अन्तरक्रियामा केन्द्रीय प्रवक्ता अनुराग शाहले पूर्बिय दर्शन एवं हिन्दु धर्मको प्रचार प्रसारमा सम्पूर्ण हिन्दुहरु एकजुट हुनुपर्ने बताए ।

अन्तरक्रियामा संरक्षक शेर बहादुर सुनारले समाजमा हुने जातिय भेदभाव विरुद्ध सबै युवाहरु एकजुट हुदै प्रतिकार गर्नुपर्ने र विश्व हिन्दु यूवा संघले देश विदेशमा रहेका सम्पूर्ण हिन्दुहरुलाई एउटै छातामुनि लेराउने विश्वास प्रकट गरे ।

सोही अन्तरक्रियामा बोल्दै यूरोप संयोजक तथा केन्द्रिय सदस्य शशांक शर्माले बेलायतको नवगठित कार्यसमितिलाई शुभकामना दिदै सो कार्यसमितिले बेलायतमा पूर्बिय दर्शन एवं हिन्दु धर्मको प्रचार प्रसारमा प्रभावकारी भूमिका खेल्ने विश्वास प्रकट गरे ।

कार्यसमितिको पहिलो बैठक

विश्व हिन्दु यूवा संघ बेलायत शाखाको कार्यसमितीको पहिलो बैठकमा सम्पूर्ण सदस्यहरुले आफ्नो परिचय दिएका थिए ।

संघका माहासचिब-शिव पराजुलीले संचालन गरेको सो बैठकमा संघको दर्ता प्रकिया अगाडी बढाउने र बैंक खाता संरक्षक राजेन्द्र सुबेदीलाई तथा विधानको खाका तयार गर्ने जिम्मा संरक्षक नारायण कंडेललाई दिईएको बताए ।

तेस्तै आर्थिक सहयोग जुटाउने जिम्मा संरक्षक शान्ता  बिनोद लामिछाने र सदस्य गोपाल अधिकारीलाई दिईएको र संघको प्रवक्तामा निरुषा पान्डे भट्टराईलाई नियुक्त गरिएको माहासचिब-शिव पराजुलीले बताए ।

प्रतिक्रिया