२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायती सेनाको उच्च ओहदामा पुग्न सफल भईन् नेपाली चेली अंशु गुरुङ

39332 Shares
Spread the love

लण्डन । नेपाली चेली डा. अंशु गुरुङ बेलायती सेनाको उच्च तहमा पुगेकी छन् । उनको यो साहसले वीर गोर्खालीका सन्तानका रुपमा विश्वमा चिनिएका नेपालीले सोही छापलाई अझै प्रगाढ बनेको छ ।

मातृभूमि नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका  निवासी डेन्टिस्ट डा. गुरुङ बेलायती सेनामा पहिलो नेपाली क्याप्टेन बन्न सफल भएकी छिन् ।

बेलायतको कुइन्मेरी युनिभर्सिटीबाट अध्यन सकेर रोयल मिलिटरी एकाडमी कलेज क्यामबर्लीमा लामो तालिम सम्पन्न गर्दै उनी पहिलो पटक व्रिटिश सैनिक क्याप्टेन बन्दै नया इतिहास रच्न सफल भएकी हुन् ।

‘गोर्खा सैनिकका लागि ठूलो तालिम केन्द्र मानिएको स्याण्डहर्स्टमा उनलाई २१ नोभेम्बर शनिवार उक्त उपाधि प्राप्त भएको हो ।’

अंशुका पिता अमर गुरुङ पनि व्रिटिश आर्मी नै हुन् । सिक्स जि आरमा काम गरेका उनले २००४ फेब्रअरीमा पेन्सन प्राप्त गरेका थिए ।आफ्नो बुवाले गरेको मिहेनत र श्रमबाट आफु पनि आर्मी क्षेत्रमै लाग्न प्रेरणा मिलेको अंग्सुले बताइन् । लण्डन नेपाल न्यूज सँग कुराकानी गर्दै उनले भनिन्, “म सानै देखि बाबाको पेशा देखेर नै प्रेरित थिएँ, र उहाँकै प्रेरणाले यहाँसम्म आइपुगियो, अझ क्याप्टेन हुने पहिलो नेपाली हुन पाएकोमा निकै गर्वको महसुस भएकोे छ।”

पिता अमर गुरुङ भुम्दिकोट समाज यूकेका सदस्य तथा आमा सुकु गुरुङ आमा समुहको अध्यक्ष हुन् । संस्थाका दुई जिम्मेवार व्यक्तिहरुको छोरीले यस प्रकारको उत्कृष्टता पाएको कुरा शेयर गर्न पाउँदा आफुहरु पनि हर्षित भएको संस्थाका अध्यक्ष जुमकाजी गुरुङले बताए । २ सय बर्ष देखिको बेलायत र नेपाल वीचको सम्बन्धमा गोर्खा सैनिकले छुट्टै र विशिष्ट पहिचान कायम गर्न सफल भएकोे छ।

दन्तसम्बन्धी चिकित्सक समेत रहेकी गुरुङले रचेको नया इतिहासले वेलायत स्थित नेपालीहरुले आफुहरुको शिर उचो भएको बताएका छन् । एक विज्ञप्ती जारी गर्दै भुम्दिकोट समाज यूकेले अंशुको सफलताप्रति बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया