२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पोर्चुगलमा नेपालीको पिज्जा रेस्टुरेन्ट युरोपको उत्कृष्ट २२ मा छनौट

1286 Shares
Spread the love

लिस्बन। पोर्चुगलमा एक नेपालीले सन्चालन गरेको पिज्जा रेस्टुरेन्ट युरोपको उत्कृष्ट २२ मा छनौट भएको छ।

इटालियन खानाका नेपाली सेफ टंक सापकोटाद्वारा संचालित ‘फोर्नो द ओरो’ रेस्टुरेन्ट युरोपमा हरेक बर्ष आयोजना र पुरस्कृत गरिने ” युरोपका उत्कृष्ट पिज्जा रेस्टुरेन्ट अवार्ड ” मा पर्न सफल भएको हो। ‘फोर्नो द ओरो’ को अर्थ ” सुनको चुलो ” भन्ने हुन्छ। उक्त रेस्टुरेन्टमा दाउरा बालेर पिज्जा पकाउने चुलोको बाहिरी आवरण सुनले ढाकिएको छ ।

उक्त रेस्टुरेन्ट इटाली बाहिरका उत्कृष्ट १० नेपोलिटान पिज्जा रेस्टुरेन्टमा समेत छनौट र पुरस्कृत भएको छ ।

नेपाली इटालियन सेफ सापकोटाको उक्त रेस्टुरेन्ट पोर्चुगलको उत्कृष्ट पिज्जा रेस्टुरेन्टमा समेत सुचिकृत भएको छ ।

नेपोलिटान पिज्जाका लागि प्रख्यात उक्त रेस्टुरेन्टले एकै पटक ४ -४ पुरस्कार हात पार्न सफल भएको छ ।

” पोर्चुगलको उत्कृष्ट पिज्जेरिया ” ‘ युरोपका उत्कृष्ट २२ पिज्जेरिया ” , ” उत्कृष्ट बियर बिक्री गर्ने पिज्जेरिया “, ” इटाली बाहिरको उत्कृष्ट १० नेपोलिटान पिज्जेरिया ” पुरस्कारले एकैपटक सम्मानित भएपछि आफ्नो मेहनत, पेशागत लगनशीलता र व्यवसायिक इमान्दारिताको कदर भएको बताउछन् सेफ सापकोटा ।

यो सफलता रेस्टुरेन्टमा काम गर्ने सबै कर्मचारीहरुको सामुहिक प्रयासले मात्रै सम्भव भएको सापकोटाको तर्क छ ।

प्रतिक्रिया