लन्डन । गैर आवसीय नेपाली संघ(एनआरएनए) बेलायतको चार करोड रुपैंयाँ हिनामिना विषय अदालती प्रक्रियामा रहेको बेला जर्मनीमा पनि अनियमितता भएको खबर बाहिरिएको छ ।
एनआरएनएका केन्द्रिय अध्यक्ष कुमार पन्त बसोबास रहेको जर्मनीमा पनि फर्जी पन्जिकृत सदस्य बनाएको र आर्थिक हिनामिना समेत भएको भन्दै एनआरएनए आसीसीमा उजुरी परेको बताइएको छ ।
एनआरएनए अभियन्ता तथा एनआरएनए जर्मनीका पूर्वसल्लाहकार शिखर खड्काले आइसीसीलाई निवेदन लेख्दै नवौ बिश्वसम्मेलन भएको धाधली र फर्जी मत प्रकरणको छानविनका लागि माग गरेका हुन ।
उनले निवेदनमा लेखेका छन् –एनआरएनए जर्मनीको सातौ अधिवेशन १४ सेप्टेम्बर २०१९ मा फ्रान्कफोर्टमा सहमति भई १५ सेप्टेम्बर २०१९का दिन बर्लिनमा हरि न्यौपानेको नेतृत्वमा सफथग्रहण भएको थियो। एनआरएनए जर्मनीको नेतृत्व चयन हुँदा उषा शर्मा संयोजक रहेको निर्वाचन समितिले १५ युरोको दस्तुर दिएर बनेका पन्जिकृत सदस्य संख्या जम्मा ९८० लाई सार्वजनिक गरेको थियो ।
तर नवौ बिश्व सम्मेलनमा एनआरएनए जर्मनीको पन्जिकृत सदस्य संख्या एक्कासी २०३९ देखायो अनि १२६ जना विश्व सम्मेलन प्रतिनिधिहरुको नाम लिस्ट तयार गरियो । अहिलेसम्म एनआरएनए जर्मनीको खातामा ९८० जनाको मात्र रकम जम्मा भएको छ। बाँकी १०५९ जनाको सदस्यता दस्तुर १५, ८८५ युरो एनआरएनए जर्मनीको खातामा आएको छैन। जम्मा सदस्य संख्या २०३९ को जम्मा रकम ३०,५८५ हुनुपर्ने हो तर फर्जी बनाइएका १०५९ सदस्यहरुको नाम ठेगाना सबै फर्जी लेखिएको प्रमाणहरु बाहिर छताछुल्ल आएका हुनाले २०३९ जना पन्जिकृत सदस्य र १२६ जना बिश्व सम्मेलन प्रतिनिधिहरुको नाम लिस्ट सार्वजनिक गर्न आईसीसी अध्यक्ष ज्युलाई हार्दिक अनुरोध गर्दछु।’
खड्काका अनुसार एनआरएनएको बिधानले दुई बर्ष सार्क देश भन्दा बाहिर रहेका बिद्यार्थी र दूतावासमा काम गर्ने कर्मचारीलाई छाडेर भन्ने मान्यता दिएको छ तर एनआरएनए जर्मनीबाट विश्व सम्मेलनमा धेरै विद्यार्थी र तीन महिने भिजिटमा जर्मनी आएका ब्यक्तिहरुलाई पनि प्रतिनिधि बनाएको आरोप समेत लगाएका छन् ।
एनआरएन महासचिब डा. हेमराज शर्मा स्वयम बसोबास रहेको बेलायतमा अध्यक्ष पुनम गुरुङले विधानविपरीत बहुमतको आडमा छानबिन समिति गठन गरेपछि पदाधिकारीहरुले कानुनी प्रकृया अघि बढाइरहेका बेला अध्यक्ष कुमार पन्त बसोबास रहेको जर्मनीमा विवाद वाहिरिएपछि एनआरएनएप्रति प्रश्नहरु तेर्सिएका छन् । युकेको विवाद आर्थिक घोटालाको प्रमाणसहित लन्डनका एक सोलिसिटरलाई कागजपत्र बुझाएर अदालती प्रक्रियामा अघि बढेपछि बेलायत एनआरएनएप्रति विश्वास घट्ने हो कि भन्ने चिन्ता ब्यक्त भइरहेका छन् ।
दुई दुई पटक गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता संख्या भेरिफाई भईसके पछि पनि अमेरिकाको सदस्यता जाँंचबुझका लागि संघकै अध्यक्ष कुमार पन्तको र महासचिव हेमराज शर्माको निर्देशनमा अमेरीकाको सदस्य संख्यामा फेरि गिद्दे नजर पर्नु आफैमा शंकास्पद छ त्यसमा पनि रसीयामा वसोवास गर्ने कमरेड मित्रहरू अमेरिका क्षेत्रमा सक्रिय हुनु आफैमा लज्जास्पद र ठूलै षड्यन्त्र देखिन्छ । गत चुनावमा अमेरिकाबाट अध्यक्ष र महासचिवलाई झिनो मत परे पछि त्यहाँको युनिटीलाई विथोल्न छानविन समितिको वखेडा झिकेर विवाद निकाल्न यो हर्कत शुरु गरिएको एनआरएनएका अभियन्ताहरुनै बताउँछन ।
केन्द्रिय अध्यक्ष पन्त र महासचिब डा शर्माकै देशमा एनआरएनए भद्रगोल बनेपनि विवाद मिलाउन अग्रसर नहुनु गैरजिम्मेवारी भएको आरोप लाग्दै आइरहेको छ ।
“