२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आर्थिक अनियमितता विरुद्धको अदालति प्रकृयामा लागेकोले मलाई निसाना बनाइयो : कँडेल

43364 Shares
Spread the love

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएन युकेका) उपाध्यक्ष नारायण कँडेलले गत वर्ष एनसीसी युकेको निर्वाचनमा घोटाला गरेको भनेर आफूविरुद्ध लगाइएको आरोप एनआरएन यूकेमा भएको आर्थिक अनियमितता विरुद्धको अदालति प्रकृयामा लागेकोले उनलाई निसाना बनाइएको र यसबाट विचलित नभएको बताएका छन् ।

नेपाल संसारको प्रतिनिधिसंग टेलिफोनमा कुरा गर्दै कँडेलले सो कुरा बताएका हुन् ।

उपाध्यक्ष नारायण कँडेलले गत वर्ष एनसीसी युकेको निर्वाचनमा घोटाला गरेको भनेर आफूविरुद्ध लगाइएको आरोप पुस्टि गर्न समेत चुनौती दिएका छन् ।

गैर आवासीय नेपाली संघ युकेको निर्वाचनमा भएको बेलफाष्टमा भएको खर्चको विवरण तत्कालै सार्वजनिक गरिएको र आफूविरुद्ध लगाइएको आरोप कपोलकल्पित र दुराशयपूर्ण रहेको जनाएका छन् ।

सामाजिक संजालमा ईमेलको फोटो पोस्ट गर्दै कँडेलले लेख्छन् निर्वाचन समितीका कोषाध्यक्ष विकास रनपालीलाई गत बर्ष २२ सेप्टेम्वर २०१९ मा इमेल गरी विल भरपाई सहित सबै विवरण उपलब्ध गराईएको कुरा श्री रनपालीले पनि पुष्टी गर्नुभएको छ ।

निर्वाचन समितीले कुन शिर्षकमा कति पैसा उपलब्ध गराएको थियो भन्ने समेत रनपालीले कन्फर्म गनु भएको छ (हेर्नुहोस उहाले पठाउनु भएको इमेल) ।

म बेलायतको एनआरएनएमा भएको आर्थिक अनियमितता विरुद्धको अदालति प्रकृयामा लागेकोले मलाइ निसाना बनाइएर अनेक प्रकारले आक्रमण भएको छ । म यसबाट विचलित भएको छैन ।

प्रतिक्रिया