नेपालीहरुको दोस्रो पर्व दीपावलीको अवसरमा नेपाली जनसम्पर्क समिती साइप्रसका महामन्त्री सरस्वती तिमल्सिना खनालको अगुवाइमा भएको नेपाली काँग्रेस आस्थावान ब्यक्तिहरुको समूहले विविध रचनात्मक कार्यक्रमका साथ शुभ दीपावली मनाएको छ ।
दाजुभाइ दिदिबहिनी बिचको भाइचाराको सम्बन्ध प्रगाढ बनाउने नेपालीहरुको महान चाड,रितिरिवाज,परम्परालाई बिदेशमा पनि जोगाइ राखी साइप्रसमा रहेका नेपालीहरु बिच सम्बन्ध बढाउने उद्देश्यले विभिन्न दाजुभाइ दिदिबहिनीहरु बिच सामुहिक भाइटिका कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा दिदिबहिनीहरुले दाजुभाइहरुलाई र दाजुभाइहरुले दिदिबहिनीहरुलाई टीका लगाइदिने एवं एकआपसको भाइचारा प्रगाढ होस भन्ने चाहना सहित शुभकामना आदानप्रदान साथै एकाअर्कालाई तयार गरेका मिष्ठान्न भोजन र उपहार समेत आदानप्रदान भएको थियो ।
यसरी नेपालीहरुको महान पर्व मनाउदै गर्दा साइप्रसमा समस्यामा परेका विद्यार्थी भाइबहिनीहरुको मुहारमा हासो छर्ने उद्देश्य सहित केही भएपनि उनीहरुको समस्यामा सहयोग गर्ने हेतुले खाद्यान्न सामाग्री समेत वितरण गरिएको जनसम्पर्क समिति साइप्रसकी महामन्त्री सरस्वती खनाल तिमिल्सिनाले जानकारी दिइन ।

नेपाली काङ्ग्रेसको संगठन बिस्तार गर्ने हेतुले यस पटक पनि नेपाली जनसम्पर्क समिती साइप्रसका महामन्त्री सरस्वती तिमल्सिना खनाल मार्फत नेपाली काङ्ग्रेसको साधारण सदस्यता वितरण गरि नेपाली काङ्ग्रेसको संगठन विस्तार साथै नेपाली जनसम्पर्क समिती साइप्रसको संगठन बिस्तार गर्ने काम समेत भएको थियो ।
उक्त कार्यक्रममा सहभागी हुन इच्छूक धेरै ब्यक्तिहरु भएता पनि बिश्वब्यापी रूपमा फैलिएको कोभिड-१९ (कोरोना) कहरको कारणले गर्दा उक्त कार्यक्रम सिमित ब्यक्तिहरु बिचमा मात्रै सम्पन्न गर्न बाध्य भएको समेत महामन्त्री खनालले बताइन ।
साइप्रसमा ५ बर्ष देखि कार्यरत सरस्वती तिमल्सिना खनालले राजनीतिक तथा सामाजिक तरिकाले असाय अशक्त तथा दुखिहरुको लागि राहत तथा सक्दो सहयोग अभियान चलाउदै आएकि छन ।उनलेे हाल सम्म धेरै दुखिहरुको दुखमा सहयोग गरेर सामाजिक योगदान गरेकि छन ।