२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

निर्वाचन घोटाला प्रकरणबारे बोले कँडेल : भ्रममा नपर्न गरे अपिल

1531 Shares
Spread the love

लन्डन। गैरआवासीय नेपाली संघ(एनआरएन युकेका) उपाध्यक्ष नारायण कँडेलले गत वर्ष एनसीसी युकेको निर्वाचनमा घोटाला गरेको भनेर आफूविरुद्ध लगाइएको आरोप कपोलकल्पित र दुराशयपूर्ण रहेको जनाएका छन्।

अस्ट्रियाबाट प्रकाशित हुने एक अनलाइनले आफूलाई सम्पर्क नै नगरी एकपक्षीय रुपमा लगाएको आरोपबाट भ्रममा नपर्न उनले आफ्ना एनआरएन युकेका सम्पूर्ण सदस्यहरु तथा आफ्ना शुभचिन्तकहरुलाई अनुरोध गरेका छन्।

१४ सेप्टेम्बर २०१९ मा नर्दर्न आयरल्याण्डको बेल्फास्ट बुथमा खाना खर्च, स्टेसनरी र मतदान केन्द्रको भाडा गरी ४३७ पाउण्ड खर्च भएको र मतपेटिका लन्डन लिएर जाँदा, आउँदा निर्वाचन समितिका सदस्यको यातायात वापत थप ५८२.९८ खर्च भएको निर्वाचन समितिले जनाएको छ।

बेल्फास्टमा एक रेस्टुरेन्ट सञ्चालन गरिरहेका हाल एनआरएन युकेको नर्दर्न आयरल्याण्ड राज्य परिषद्का अध्यक्ष नारायण कुँवरलाई उद्धृत गर्दै समाचारमा कँडेलले घोटाला गरेको आरोप लगाएको उल्लेख छ।

यसैबीच एनआरएन युकेको नर्दर्न आयरल्याण्ड राज्यपरिषद्का निवर्तमान अध्यक्ष लिलाराम निउरे, मतदान केन्द्रका प्रमुख (निर्वाचन समिति सदस्य) टिकाराम कँडेल , नेपाली कम्युनिटी नर्दर्न आयरल्याण्डका अध्यक्ष बलबहादुर थापा, निर्वाचनमा खटिएका स्वयंसेवक तथा सचिव छमबहादुर रेग्मी, कोषाध्यक्ष रामु खड्काले एक संयुक्त विज्ञप्ति प्रकाशित गरी ‘सम्बन्धित व्यापारीलाई सहमति भएको ३०० पाउण्ड तिर्न एनआरएन युकेको निर्वाचन समितिबाट आएको पैसा राज्य परिषद्का नयाँ कोषाध्यक्ष रामु खड्कालाई २० नोभेम्बर २०१९ का दिन हस्तान्तरण गरिएको’ उल्लेख गरेका छन् । विज्ञप्तिमा एनआरएन युकेका उपाध्यक्ष नारायण कँडेलको बदनाम गर्ने बदनियतले गरिएका हल्लाहरुप्रति आफुहरु गम्भीर भएको पनि जनाइएको छ ।

प्रतिक्रिया