२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूके, राज्य समन्वय परिषद इंग्ल्यान्डको गम्भीर ध्यानाकर्षण

11236 Shares
Spread the love

लण्डन । गैर आवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद इंग्ल्यान्डले एक प्रेस बिज्ञप्ति जारी गर्दै अध्यक्ष दीपक श्रेष्ठको चरित्र हत्या गर्ने प्रयास प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष श्रेष्ठ र सचिब गोबिन्द शर्मा खरेल शर्माद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ –
“गत नोभेम्बर २०२० का दिन ८ बजे राती केहि मिडियाबाट सामुहिक प्रत्यक्ष प्रसारित जुम कार्यक्रमको वक्तव्यमा संघ को हित विपरीत गलत समाचार र संस्थाको अध्यक्ष दीपक श्रेष्ठ को चरित्र हत्या गर्ने प्रयास प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ | ”

बिज्ञप्तिमा अगाडी भनिएको छ -” गएको कार्यसमितिले तयार पारि बितरण गर्न बॉकी रहेको गैर आबासीय नेपाली संघ यु के को सदस्यता परिचय पत्र कार्ड तत्काल बितरण गर्नु पर्ने माग र टड्कारोलाई मनन गरेर गत डिसेम्बर ८ तारीख़ २०१९ मा ग़ैर आवासीय नेपाली संघ यूकेको बैठकले ईग्ल्याण्ड राज्य समन्वय परिषद लाई से कार्ड बितरण गर्न जिम्मा दिने निर्णय गरेको थियो ।
संस्थाले कार्ड बितरण गर्दा भैपरी आउने खर्च स्वरूप ४०० पाउण्ड दिने भनिएता पनि उक्त रक़म उपलब्ध गराईएको थिएन । सो निर्णय अनुसार लथालिंग अवस्थामा भएका कार्डहरू प्लमस्टेडमा भएको गैर आवासीय नेपाली संघ यू के को बैठक बाट हाम्रो संस्था का अध्यक्ष दीपक श्रेष्ठ ले संस्थाको तर्फबाट बुझि ल्याउनु भएको थियो । ”

बिज्ञप्तिको बाकि अंश यस प्रकार रहेको छ :
ईग्ल्याण्ड राज्य समन्वय परिषद ले राष्ट्रीय समन्वय परिषद यूके लाई सदस्यता कार्डहरू बिररण गर्न सहयोग गर्ने उद्देश्य ले जिम्मा लिएको थियो ।
आफुले पाएको जिम्मेवारी बहन गर्न उत्साहित कार्यसमिति का सम्पूर्ण सदस्यहरूले आफ्नो श्रम र पैसा खर्च गरेर हरेक दिन- रात लगाएर काम गरेको अवश्था थियो । यो कार्य त्यति सहज थिएन। हरेक कार्डको पछाडी पोस्टकोड लेखेर छुट्टाउनु पर्ने कठिन कार्य बाबजुद पनि कार्डहरू तयार पारी कोभिड को यस्तो महामारी मा पनि बिभिन्न स्थानमा गई संघ संस्था तथा स्थानीय ब्यक्तिहरूको सहयोगमा आफ्नै स्रोत र साधन प्रयोग गरी बितरण गरेको थियो ।कार्डहरू पुर्याउन नसकेको स्थानमा त्यस क्षेत्रका जिम्मेवारी ब्यक्तिहरू लाई कार्डहरू पोष्ट गरेर बितरण गर्न एन सि सि लाई सक्दो सहयोग गरिएको थियो। यस कार्यमा सहयोग पुर्याउनुहुने सबै संघ संस्था एवम महानुभाव हरुलाई धन्यबाद दिन चाहन्छौ ।यस काम लाई संस्था को जिम्मेवार पदमा बसेर सर्हानिय गर्नुको सट्टा ईग्ल्याण्ड राज्य सम्मन्वय परिषद र संस्था का अध्यक्ष दीपक श्रेष्ठ लाई नियोजित ढंगबाट उपरोक्त कार्यक्रममा बदनाम गर्ने कार्य गरेकोमा गैर आवासीय नेपाली संघ यू के का बर्तमान उपाध्यक्ष प्रेम गॉहा मगरले स्पस्टिकरण दिनु पर्ने कार्यसमिति को ठहर्याई छ । वहॉको अभिव्यक्ति कपोकल्पित, पूर्वाग्रही र निराधार छ । यदि निज संग रक़म हिनामिना गरेको कुनै प्रमाण छ भने स प्रमाण अगाडि आउन चुनौती दिन्छौ। अन्यथा बेला बखत यस्ता नचाहिदो बखेडा निकाली समग्र गैर आबासीय नेपाली संघको अभियानलाई धमिल्याऊने ,ऐकबद्दतामा खलल पुर्याऊने,मर्यादामा आंचआऊने जस्ता कार्य अब आईन्दा नगर्न सचेत गराउदछौ ।

साथै उक्त कार्यक्रम मा हाम्रो संस्था र संस्थाको अध्यक्षको प्रतिष्ठा धमिल्याउन नियोजित तरिका बाट गरिएको षड्यन्त्र प्रति बेलायतवासी नेपाली दाजु भाई दिदि बहिनि आमा बुबा हरूलाई लाई सचेत रहन समेत अनुरोध गर्दछौ ।

प्रतिक्रिया