२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

‘राजीनामा दिन्नँ, हल्लाको पछि नलाग्नू’

2534 Shares
Spread the love

काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका प्रधानमन्त्री ओलीले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको दाबी गरेका हुन्।

चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी, ९ सय ४ मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अनुगमनसहितका कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका ओलीले हल्लाको पछि नलाग्न पनि आग्रह गरे।

कुनै पनि हालतमा आफूले प्रधानमन्त्रीबाट राजीनामा नगर्ने दोहो-याएका उनले रहरले प्रधानमन्त्री नभएको तर्क गरे। जनताले छानेर पठाएको प्रधानमन्त्री भएको जिकिर गर्दै उनले भने, ‘देश विकासबाट पछि पनि हट्दिनँ र राजीनामा पनि दिन्नँ।’

‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न।’ पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने धारणा राख्दै ओलीले भने, ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न।’

महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले कसैले छाड भन्दैमा र चाहना हुँदैमा पद छाडेर हिंड्न नमिल्ने उनको तर्क थियो। अहिले पार्टीभित्र केही समस्या देखिए पनि विभाजनसम्म नपुग्ने ओलीले दाबी गरे। ‘५० वर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै अहिले यहाँसम्म पुगेको छ, अब कसैले चाहँदैमा पार्टी फुट्न दिइन्न,’ ओलीले भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया