मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एकजना नेपाली तिर्थ सेवालाई अज्ञात व्यक्तिहरुले सांघातिक हमला गरेर गम्भीर घाइते बनाएका छन् ।
तिर्थको तिन दिन पछि होस् खुलेको छ र उनको अहिले अस्पतालमा उपचार भईरहेको छ। डाक्टरले उनको अवस्थामा सुधार हुदै गएको जानकारी दिएको आफन्तले बताए ।
तिर्थ सेवालाई फिल्मी शैलीमा आक्रमण गरिएको उनीसंगै रहेका साथी बंगाली साथीले बताएका छन्। कुरा गत बिहिबार अर्थात् नोभेम्बर ५ का दिन बेलुका करिब ७:१५ बजेतिरको हो। तिर्थ र उनका साथी सधै झैँ काम सकेर पैदल घर फर्कदै थिए।
कामबाट घरको दुरी पैदल हिड्दा ५ मिनेटको मात्र छ। तीर्थका बंगाली साथीले त्यो साँझ सम्झदै भन्छन, “हिड्दै गर्दा अचानक दुइटा गाडी नजिकै आए र रोकिए। हामीहरुले वास्ता गरेनौं । अगाडी बढेम । फेरी अर्को गाडी नजिकै आयो र एक जना मान्छे बाहिर निस्कियो। त्यहीकै बासिन्दा होला भनेर उसलाई हेरेनौं।
उसले अचानक गोजीबाट केहि कुरा निकाल्यो र एक्कासी तीर्थको टाउकोमा प्रहार गर्यो। दुई तीनपटक हान्ने बित्तिकै तीर्थ सेवा बाटो मै ढले म भागें।” भागेर अलि पर पुगेर आफुले हेरिरहेको तर केहि गर्न नसकेको उक्त बंगाली ब्यक्तिले तीर्थका आफन्तलाई बताएका छन्। आक्रमण गर्ने व्यक्ति नजिकै रोकिरहेको गाडीमा चढेर भागेपछी त्यही बंगाली साथीले प्रहरीलाई बोलाएको बताईएको छ। ” तिर्थ भएको ठाउमा पुग्दा अलिअलि होसमा रहेको र ढलेर सडक पेटीमा छटपटाई रहेका थिए। र, रगत बगिरहेको थियो। मैले प्रहरीलाई फोन गरे।”
ति व्यक्तिले आफन्तहरुलाई बताए । ५-७ मिनेटपछि प्रहरी र एम्बुलेन्स अगाडी आयो र तिर्थलाई अस्पताल लग्यो। अस्पतालमा तीर्थको टाउकोको शल्यक्रिया गरियो। “शुरूमा त यस्तो घाईते कसरी बाँच्नु होला र भन्ने लागेको थियो तर होस् खुलेर बोल्न पनि सक्ने भएपछी हामी अचम्म परेका छौं।” पहिलो दिनदेखि नै देखेका एक आफन्त नेपाली दिलिप कुमारले बताए। अहिले तिर्थको अवस्था सुधारोन्मुख छ। सामान्य बोलचाल गर्न सक्ने तर निको भै पुरानै अबस्थामा फर्कन कति समय लाग्न केहि भन्न नसक्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
आक्रमणकारीले तीर्थको टाउकोमा धारिलो हतियारको प्रहार गरेका थिए । आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेकाले अस्पताल पुर्याउने बित्तिकै टाउकोको शल्यक्रिया गरिएको थियो। अस्पतालका अनुसार तुरुन्त शल्यक्रिया गरिएकोले अहिले तीर्थ सेवा खतरामुक्त रहेका छन । तर अस्पताल ल्याई पुर्याउनु अगाडिनै धेरै रगत बगेकोले उनको दायाँ हात अझै चलेको छैन। टाउकोमा ३० भन्दा बढी टाँका लगाइएको छ। घटना मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी अन्तर्गत टेम्पल हिल सिटी(शहर)मा भएको हो।
उनि नजिकैको बिशाल बजार (मल)एक कपडा पसलमा काम गर्ने कर्मचारी हुन । प्राप्त जानकारी अनुसार आक्रमण किन र कसले गर्यो भन्ने अझै खुलेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ। २०१५ देखि अमेरिका बस्दै आएका तीर्थ सेवाको परिवार नेपालमै छन्। सहयोगका लागि अपिल अमेरिकामा सक्रिय संस्था नासोका उपाध्यक्ष तथा बिभिन्न संघ संस्थामा कृयाशिल सामाजिक व्यक्तित्व तिर्थ सेवालाई एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीवि ले अस्पताल मै गएर भेटेका छन्।
पन्तले तीर्थको लागी सहयोग आवश्यक पर्ने भन्दै नासोले शुरु गरेको ‘गो फण्ड मी’ एकाउन्टमा सकेको सहयोग गरिदिन सबैलाई आग्रह पनि गरेका छन्। “यहाँका सबै नेपालीले चासो, चिन्ता र छिटो स्वास्थलाभको कामना गर्नु भएको छ र दुख परेको बेला हामी दाईको साथमा छौ भन्ने म्यासेज मैले दिदै गर्दा वहाँले आँखाभरि आँसु लिई भावुक हुनुभएको थियो । हामी सबै तपाईको साथमा छौ र सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।” पन्तले भनेका छन्। यसैगरी उनलाई सहयोग गर्न एनआरएनए अमेरिकाजका संयोजक राजन त्रिपाठीले पनि सार्बजनिक आव्हान गरेका छन् । तिर्थ सेवा उपाध्यक्ष रहेको नासोले उनको सहयोगार्थ ‘गो फण्ड मी’ एकाउन्ट खोलेको छ।