लण्डन । एनआरएन जर्मनीका पुर्व अध्यक्ष पुष्प थापाले विधान संशोधन समितिको यूरोप उपसंयोजक पद अस्विकार गरेका छन् ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महासचिव हेम राज शर्मालाई पत्र लेख्दै थापाले उक्त पद अस्विकार गरेको जानकारी दिएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको विधान संशोधनको तयारी गरेको थियो सोहि आधारमा संघको आगामी विषेश महाधिवेशनमा विधान मसयौदा प्रस्तुत हुने अपेक्षा गरिएको थियो । यसै बीच संघको विधान समितिका संयोजक भूषण घिमिरेले सो विधान समितिलाई बिस्तार गरेका थिए ।
गत आइतवार सार्वजनिक गरिएको विधान संशोधन समितिको यूरोप सहसंयोजमा एनआरएन जर्मनीका पुर्व अध्यक्ष पुष्प थापा मनोनित गरिएको थियो तर हप्तादिन नपुग्दै यूरोप उपसंयोजक पद अस्विकार गरेका छन् ।
थापा एनआरएनए जर्मनीको पुर्व अध्यक्ष तथा शेष घलेको कार्यकालको आईसीसी सल्लाहकार, लामो समय एनआरएनएको बिधान समितीमा काम गरेको थिए ।
थापाको पत्र जस्ताको तस्तै :
श्रीमान महासचिव ज्यु,
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
बिषय:- बिधान संसोधन सल्लाहकार समिति युरोप उपसंयोजकपद अस्विकार गर्दै मार्गप्रशस्त गरिएको ।
महोदय,
उक्तसम्बन्धमा गैर आवासीय नेपाली संघका महासचिव ज्युद्वारा लिखित आइतबार १ नोभेम्बर २०२० को दिन बेलुका ५ बजे २९ मिनेटमा एउटा ईमेल प्राप्त भएको थियो। यो ईमेलमा गैर आवासीय नेपाली संघको बिधान संसोधन सल्लाहकार समिती श्री भूषण घिमिरेको संयोजकत्वमा गठन भएको उल्लेख गरेको जानकारी गरेको थियो। मेरो ईच्छा र चाहना के कस्तो छ भनी सोधपुछ बिना र पुर्व जानकारी नगरी संघमा नया समिती Constitution Amendment Advisory Committee गठन गरी युरोप क्षेत्रको उपसंयोजकको गरिमामय पदमा बिश्वास र भरोसा गरी मलाई मनोनीत गरेकोमा धेरै आश्चर्य चकित मान्दै गैर आवासीय नेपाली संघका महासचिव र समितीका संयोजक ज्युलाई धन्यवाद ज्ञापन गर्दै समितिमा मनोनीत सम्पुर्ण अभियन्ताहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
यो ईमेल पढिरहदा मलाई श्रीमान महासचिव ज्युद्वारा 2९ डिसेम्बर २०१९ मा लेखित अर्को ईमेलको स्मरण भयो जस्मा संघको Honorary council member अष्ट्रेलिया निवासी भवानी ओली ज्युको संयोजकत्वमा बिधान संसोधन समिति गठन भएको थियो । उक्त समितीमा म लगायत अरु चार जना अभियन्ताहरु आफू बसेको महादेश क्षेत्रको उपसंयोजक चयन हुने गरि बिधान संसोधन समिती गठन भएको जानकारी थियो। यस समितीलाई संघको आईसीसी बैठकले अनुमोदन पनि गरेको उल्लेख थियो ।
२९ डिसेम्बर २०१९मा महासचिव ज्युले सम्प्रेषण गरेको ईमेलमा श्रीमान अध्यक्ष ज्यु र महासचिव ज्युको संयुक्त हस्ताक्षर पनि थियो । यो समितीको संयोजक ज्युको संयोजकत्वमा आज सम्म पनि कुनै बैठकको आयोजना भएको मेरो जानकारी नभएको र समितीको बारेमा मेरा जिज्ञासाहरुको सम्बोधन गर्दै महासचिव ज्युबाट प्रतिउत्तर समेत प्राप्त गर्दा धेरै खुसी लागेको छ। सधै व्यस्त रहने महासचिव ज्युलाई प्रतिउत्तरको लागी धन्यवाद पनि ज्ञापन गर्दछु। नयाँ गठन गरिएको बिधान संसोधन सल्लाहकार समितीको युरोप उपसंयोजकको गरिमामय पदलाई मैले अस्वीकार गर्दै सब्बल र सक्षम बिधान बिज्ञ अभियन्तालाई मार्गप्रशस्त गरिदिएको जानकारी गर्दछु ।
मेरो अनुपस्थितमा पनि सम्पुर्ण गैर आवासीय नेपालीहरुको मर्म र भावनालाई सम्बोधन गरि संघको मेरुदण्ड बिधानमा देखिएका कमिकमजोरीलाई राम्रोसंग केलाई उत्कृष्ट बिधान निर्माणको लागी हार्दिक शुभकामना ज्ञापन गर्दछु। लामो समय देखि गैर आवासीय नेपाली संघको अभियानमा पदमा हुँदा र नहुदा निरन्तर कृयाशिल रहेकोले आगामी दिनमा पनि यो कार्यलाई कायमै राख्दै संघका गतिविधि र अभियानसित सधै हातेमालो गर्ने प्रतिबद्धता गर्दछु। धन्यवाद
पुष्प थापा
जर्मनी
७ नोभेम्बर २०२०