२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

राजन क्षेत्रीको नाम बेलायतको प्रतिष्ठित हिरो अवार्डमा मनोनयन ( भोटिंग गर्ने तरिका सहित )

27551 Shares
Spread the love

लन्डन । क्षेत्री समाज वेलायतको निवर्तमान अध्यक्ष तथा भूपू गोर्खा सैनिक राजनकुमार क्षेत्री एक प्रतिष्ठित अवार्डको लागि मनोनयन भएका छन् ।

स्वीन्डन क्षेत्रमा सामाजिक क्षेत्रमा उत्कृष्ठ काम गरे वापत प्राप्त हुने पल स्टेपेनसन अनसङ अवार्डको लागि उनी मनोनयनमा परेका हुन् ।

सो अवार्डको लागि नाम मनोनयमा पर्ने उनी पहिलो नेपाली हुन् ।

सन् १९८५ मा ब्रिटिस सेनामा भर्ती भएर सन् २००१ मा अवकास पाएका क्षेत्री सन् २००५ देखि बेलायतको स्वीन्डनमा स्थायी बसोबास गर्छन् ।

२००६  सालमा यस NAW सँस्थाको स्थापना भएको र उनि यस सँस्थाको सँस्थापक सदस्य तथा सास्कृतिक सचिब हुदै सन् २००८ देखि संस्थाको जनसम्पर्क संयोजक हुँदै स्वीन्डन बरो काउन्सिलसँग राम्रो सम्बन्ध बनाएका क्षेत्री सन् २०१२ मा संस्थाको अध्यक्ष भए । उनी अध्यक्ष भएपछि नेपाली दूतावास लन्डनमा गइ एमआरपी पासपोर्टका लागि स्वीन्डनबाटै फर्म भर्न पर्छ भनेर कर्मचारी ल्याएर ५ सय जनाले त्यहीबाट पासपोर्ट लिएका थिए ।

नेपालमा ठूलो भइँचालो जाँदा २२ हजार पाउण्ड उठाएर नेपाल पठाएका थिए भने कलेज पढ्ने विद्यार्थीलाई आईसीटी कार्ष एक वर्षको समुदायमा गराएका थिए । एसआईए कोर्ष पनि त्यहीबाट गराउने व्यवस्था मिलाएका क्षेत्रीले नेपाली भाषा कक्षा सञ्चालन गरेका थिए ।

अंग्रेजी भाषाको समस्या हुनेलाई कक्षा सञ्चालन गरिएको थियो भने निःशुल्क दोभाषेको काम अस्पतालमा गरेका थिए । समुदायभित्र विभिन्न सिप र ज्ञानमुलक कोष गराएका थिए ।

यस्तै ब्राइट फ्युचर सस्थालाई ८ हजार पाउण्ड र कोभिड-१९ मा १० हजार NHS लाई NAW सस्थाले दिएकोमा उनको पनि सहयोग रहेको थियो ।

उनले नेपालमा आफू जन्मेको ठाउँ स्याङ्जालाई एउटा एम्बुलेन्स उपलब्ध गराएका थिए भने भुइँचालोबाट क्षतिग्रस्त स्कुलमा २ कोठाको विद्युतीय पुस्तकालय बनाएका थिए ।

स्वीन्डनका विभिन्न च्यारिटी संस्थासँग मिलेर काम गरेको क्षेत्री अहिले स्वीन्डन चौतारी लायन्स क्लबको उपाध्यक्ष भएर काम गरिरहेका छन् ।

भोटिंग गर्ने तरिका :
In order to cast your vote please follow the steps below:

To vote for Rajan Kumar Chhetri
– Click the link https://www.mtmawards.co.uk/awards/community-group/
– Under “PAUL STEPHENSON UNSUNG HERO AWARD” please select “Rajan Kumar Chhetri” from the drop down menu.
– Follow the steps 4 – 6 as above.

 

 

प्रतिक्रिया