२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रेस यूनियन युरोपको भर्चुअल बहस हुँदै : प्रमुख अथिति सांसद गगन थापा

17321 Shares
Spread the love

लन्डन । नेपाल प्रेस युनियन,यूरोपले फरक फरक विषयबस्तुमाथि भर्चुअल बहस संचालन गर्ने भएको छ ।

यही नोभेन्बर ८ तारिख अर्थात कात्तिक २३ गते आइतबार हुन लागिरहेको युनियन यूरोपको पहिलो बैठकका अवसरमा वहस संचालन गर्न लागिएको संयोजक संजयभक्त कंडेलले जानकारी दिए ।

विश्व स्वतन्त्रता दिवसको पूर्वसंन्ध्यामा हुन लागिरहेको उक्त कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा सांसद गगन थापा, एनआरएनए, नेपाली जन सम्पर्क समिति, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन साथै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

‘कोभिड र लोकतन्त्र’, ‘प्रवासमा एनआरएनए र नेपाली जनसम्पर्क समितिको भूमिका’ विषयमा गम्भीर बहस र अन्तरक्रिया फरक फरक सेसनमा संचालन हुने नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले जानकारी दिए ।

सोही अवसरमा प्रेस यूनियन युरोपको पहिलो पूर्ण बैठक पनि संचालन गरिने छ । युरोपलाई छुट्टै प्रदेशस्तरमा समेट्न लागिरहेको युनियन केन्द्रले विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एकताबद्ध गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया