२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रेस संगठन नेपालको यूरोप शाखा गठन

1136 Shares
Spread the love

लण्डन । प्रेस संगठन नेपालले युरोप शाखा बिस्तार गरेको छ । प्रेस संगठनका संयोजक महेश्वर दाहाल तथा सहसंयोजक गणेश बस्नेतको बिशेष पहलमा शाखा बिस्तार भएको हो ।

शनिवार गठन भएको भर्चुअल भेलाले बेल्जियमका केजीन राई (खिमसुहॉग चाम्लिंग) को संयोजकत्वमा प्रेस संगठन युरोप शाखा गठन गरेको छ । सो शाखाको सहसंयोजकमा श्याम लुईटेल (बेलायत) र सचिवमा दिपेन्द्र गजुरेल (स्पेन) रहेका छन् ।

यस्तै सदस्यहरुमा राजकुमार थापा (पोर्चुगल), शेरबहादुर परियार (पोल्याण्ड), प्रेम परियार, नर्वे, रबिचन्द्र भट्टराई, नरेश खपाङ्गी (बेलायत), युवराज फुँयाल (स्वीटजरल्याण्ड), कमल पराजुली (स्पेन), सरला कुमारी कट्टेल (नर्वे), विरमान घर्तिमगर (बेल्जियम), लिलामान शेरपुञ्जा (बेलायत) छन्  ।

यसैगरी बिमला सेने (बेलायत)कुमार श्रेष्ठ (नेदरल्याण्ड), कलश खरेल (पोर्चुगल), अनिस त्रिपाठी (फ्रान्स), निर्मला तिवारी (स्पेन), कर्मा पहाडी (बेलायत), कृष्ण तिवारी (बेल्जियम) र बिमला लिम्बु (बेलायत) लाई सदस्यमा चयन गरिएको छ । प्रेस संगठन नेपालका संयोजक दाहालको प्रमुख आतिथ्य तथा सहसंयोजक बस्नेतको बिशेष आतिथ्यतामा सम्पन्न भेलाले युरोपमा रहेका सवै पक्षको भावनालाई समेटदै युरोप शाखा गठन गरेको हो ।

प्रतिक्रिया