लण्डन । नेपाली जनसम्पर्क समिति युरोप समन्वयन समिति युरोपमा फेरी भाडभैलो भएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनलाई विदेशी भूमिबाट सहयोग गर्ने र यहाँस्थित लोकतन्त्रवादीहरुलाई संगठित गर्न नेपाली जनम्पर्क समितिहरु विस्तार गर्न भनि खोलिएको संगठन १/२ जना अवसरवादीहरुका कारण सधै विवादमा आइराख्ने संगठन हो ।
नेपाली जनसम्पर्क युरोप समन्वय परिषदको अधिवेशन तयारीका निमित्त बोलाइएको भर्चुअल बैठकमा यूकेमा अवस्थित एक क्लीनिङग कम्पनिका संचालक तथा तथा गैर आवासिय नेपाली संघ, यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङ्गलाई अपमानित गरेपछि उक्त भर्चुअल बैठकमा भाडभैलो सिर्जना भएको हो ।
भर्चुअल बैठकमा योगेन क्षेत्रीले नेपाली जनसर्म्पक समिति बेलायतका सभापति गुरुङ्ग बोलीरहदा बिचमा क्रस गर्दै नियतवश अपमानित शब्द प्रयोग गरेको भन्दै नेपाली जनसम्पर्क समिति बेलायतले अपमानित व्यवहारको निन्दा गरेको छ ।
कांग्रेस एक विधि र विधानमा चलेको पार्टी हो । नेपाली जनसम्पर्क समिति, यूकेको अनुशासन कमिटिले यसको आवश्यक प्रक्रिया मार्फत एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीलाई के गर्ने भन्ने कुरा नेपाली जनसम्पर्क समिति बेलायतकै पूर्ण बैठकले निर्णय गर्ने कुरा सभापति गुरुङले हाम्रा सम्वाददातालाई टेलिफोन सम्वादमा भनेका छन ।
अनुशासन कमिटिले जनसम्पर्क समितिको निर्णय केन्द्रलाई जानकारी गराउँने सभापति गुरुङ्गले बताए । सधै विवादमा परिराख्ने क्षेत्री केही समय अगाडि पत्रकारहरुलाई अपशब्द प्रयोग गरेका कारण पनि विवादमा तानिएका थिए ।