लण्डन । बेलायतमा बसोबास गर्ने युवा ब्यबसायी एवं समाजसेबी शशांक शर्मा बिश्व हिन्दु युवा संघको केन्द्रिय समिती सदस्य सगै यूरोप संयोजकमा मनोनित भएका छन् । सनातन बैदिक संस्कृतिको रक्षा र हिन्दु धर्म प्रबन्धनको लागी बिश्व हिन्दु युबा संघ कृयाशिल छ।
बिश्व हिन्दु युबा संघले नेपालका सबै जिल्ला सहित युरोप,अमेरिका,दक्षिणपुर्व,अफ्रिका र ओशियानामा आफ्नो संगठनको बिस्तार गर्ने लंक्ष अनुरुप शर्माले युरोपको यो महत्वपुर्ण जिम्मेबारी पाएका हुन् । सघंका अध्यक्ष ऋषिकेश जंग शाहले जारी गरेको प्रेस बिज्ञप्ती मा बिभीन्न जिल्लाका जिल्ला अध्यक्ष पनी तोकिएका छन।
बिश्व हिन्दु युबा संघको किन जरुरत पर्यो भन्ने यो संबाददाताको प्रस्नमा ब्यापक रुपबाट आर्थिक प्रलोभनमा पारी सनातन एवं बैदिक संस्कृति माथी प्रहार भैरहेको बर्तमान अबस्थामा सनातन धर्म र हिन्दु संस्कृतिको रक्षाको लागी बिश्व हिन्दु युबा संघको आवस्यकता बढेको हो भनी नबनियुक्त युरोप संयोजक एवं केन्द्रिय सदस्य शर्माले बताए ।
